पुनर्निर्माणमा जगदम्बा सिमेन्टको हातेमालो



काठमाडौं, (नेस)
‘आऔं सबै मिली देश बनाऔं’ भन्ने नाराका साथ जगदम्बा सिमेन्टले सुरक्षित तथा दिगो निर्माणमा अवलम्बन गर्नुपर्ने विविध प्राविधिक जानकारी सहितको निर्माणकर्मी भेटघाट नुवाकोटमा सम्पन्न गरेको छ।

उक्त कार्यक्रमको मुख्य उद्धेश्य पुनर्निर्माणमा भूकम्प प्रतिरोधात्मक भवन निर्माणमा निर्माणकर्मीहरूले पुर्याउनुपर्ने प्रविधिक तथा चेतनामुलक जानकारी प्रदान गर्नु रहेको थियो। सन्देशमुलक कार्यक्रम लिएर जगदम्बा सिमेन्ट पुनर्निर्माणको अभियानमा लागिपर्नेमा कम्पनी दृढ रहेको कम्पनीका ब्रान्ड मेनेजर जगन्नाथ दाहालले बताउनुभयो। हरेक निर्माणकर्मीले जोड्ने इँट्टा, इँट्टाले नै संरचनाको आयु निर्धारण गर्छ र संरचनाको दिगोपनले नै देश समृद्ध हुन्छ भन्दै उक्त कार्यक्रमका सभापति रोशन पाठकले धारणा राख्नु भएको थियो। उक्त कार्यक्रममा दुई सयभन्दा बढी निर्माणकर्मी, व्यवसायी, प्राविधिक, राजमिस्त्री, इन्जिनियर तथा सरकारी तथा गैरसरकारी संस्था प्रतिनिधिको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्