करोडमा पुगेको डीसीएल क्रकेट



फिरोज राजोपाध्याय

सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कपको शुरूआत सन् २०१० मा शुरू हुँदा यसको बजेट केवल ४ लाख रुपियाँको थियो । जसमा पहिलो पुरस्कार पनि खासै ठूलो थिएन । मात्र २५ हजार नगदको थियो । यसपछि सन् २०११ मा यसको बजेट बढायो पहिलो संस्करणको तुलनामा तेब्बर बनेको थियो । रु. १३ लाख बजेटको दोस्रो संस्करणको विजेताले १ लाख नगद पुरस्कार प्राप्त गरेको थियो ।

दुई वर्षपछि सन् २०१३ मा यसको बजेट पुग्यो २५ लाख रुपियाँमा । पहिलो हुने टिमले २ लाख नगद पुरस्कार हात पारेको थियो । गत संस्करण चौथो एसपीए कपमा ६० लाख रुपियाँको बजेट पुग्दा पहिलो हुने टिमले पाँच लाख नगद राशि प्राप्त गर्यो । दोस्रो हुने टिमले ३ लाख नगद प्राप्त गरेको थियो ।

त्यस्तै, पहिलोपटक विभिन्न ५ वटा स्थानहरूको नामबाट टिम बनाएर गत वर्ष आयोजना गरिएको लिलामी आधारित सगरमाथा सिमेन्ट डीसीएल ३ मा विजेतालाई ३ लाख र उपविजेतालाई १ लाख ५० हजार रुपियाँ पुरस्कार दिइएको थियो ।

अब फेरि यसको स्वरूप अझै फराकिलो बनेको छ । प्रतियोगिताको बजेट करोडमा पुगेको छ । करोडमा पुगेको प्रतियोगिता यसै वर्ष चैत ५ गतेदेखि १९ गतेसम्म धनगढीमा आयोजना हुनेछ । यो अब नेपालमा सञ्चालित क्रिकेट प्रतियोगितामा सबैभन्दा ठूलो प्रतियोगिता बन्न गइरहेको छ । कूल अनुमानित लागत रु. १ करोड ६० लाख रहेको प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले ७ लाख रूपियाँ पाउनेछन्।

????????????????????????????????????

बजेट बढेसँगै प्रतियोगिता गत आयोजना भइरहेका दुवै प्रतियोगिताको मर्जर स्वरूप सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) बनेको छ । प्रतियोगितामा खेलाडी लिलामी गरेर ६ टिम बनाइएको छ । संयुक्त आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) र सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) ले पुष २१ गते काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमका बीच प्रतियोगितामा सहभागी हुने टिम, टिम मालिक र टिम कप्तान सार्वजनिक गरेको छ ।

प्रतियोगितामा देशभरिका ६ वटा शहरहरूले प्रतिस्पर्धा गर्नेछन् । जसमा सीवाईसी अत्तरिया, विराटनगर किङ्स, काठमाडौं गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स, कञ्चनपुर आइकोनिक र टिम चौराहा धनगढी रहेका छन् । घोषणा गरिएअनुसार राजकुमार श्रेष्ठले सञ्चालन गर्ने टिम चौराहा धनगढीको कप्तानमा राष्ट्रिय टिमका कप्तानसमेत रहेका पारस खड्का छन्। न्यू शृजनशील क्लबले सञ्चालन गर्ने टिम सीवाईसी अत्तरियाका कप्तान ज्ञानेन्द्र मल्ल छन् भने महालक्ष्मी केबलको सञ्चालन रहने विराटनगर किङ्सको कप्तान शरद भेषवाकर छन्।

त्यस्तै, एसआर ग्रुपले सञ्चालन गर्ने रुपन्देही च्यालेन्जर्सको कप्तानीको जिम्मा शक्ति गौचनले पाएका छन् भने गोल्डनगेट इन्टरनसनल कलेजको स्वामित्वमा रहने काठमाडौं गोल्डन्सको कप्तानी वसन्त रेग्मीले गर्नेछन् । सुदूरपश्चिमको अर्को शहर कञ्चनपुर आइकोनिकका मुख्य सञ्चालक पीताम्बर जोशी छन् भने कञ्चनपुर टिमको कप्तानी विनोद भण्डारीले सम्हाल्ने भएका छन्।

पुरस्कार
कूल अनुमानित लागत १ करोड ६० लाख रहेको प्रतियोगिताको विजेताले १५ लाख, उपविजेताले ७ लाख रूपियाँ पाउनेछन्। प्रत्येक खेलका म्यान अफ द म्याचले रु. १० हजार तथा म्यान अफ द सिरिजले टीभीएस आरटीआर २०० अपाचे ९त्ख्क् च्त्च् द्दण्ण् ब्उउबअजभ० जगदम्बा मोटर्स र जेबी अटोमोटिभ्सले संयुक्त रूपमा दिने कुरा जेबी अटोमोटिभ्सका प्रबन्ध निर्देशक झपट बोहराले प्रदान गर्ने घोषणा गर्नुभयो । प्रतियोगितामा २८ लाख ५० हजार रुपियाँ कूल पुरस्कार हुनेछ ।

आईपीएलको प्रेरणामा डीपीएल टि–२० को आधारमा खेलाइने प्रतियोगिताका लिग चरणमा प्रत्येक टिमले एकआपसमा एक–एक खेल खेल्ने छन्। शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन्। त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ। पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछन् । यो भने ठ्याक्कै इन्डियन प्रिमियर लिगको नियमअनुसार चलेको छ ।

प्रतिक्रिया दिनुहोस्