हवाई आक्रमणमा बाइस आइएस लडाकूको मृत्यु



अङ्करा ९टर्की०, २८ पुस । सिरियाको उत्तरी क्षेत्र अलवाबमा इश्लामिक स्टेट ९आइइस० समूहलाई लक्षित गरी भएको हवाई आक्रमणमा बिहीबार कम्तिमा २२ जना आइएस लडाकूको मृत्यु भएको टर्कीको सेनाले जनाएको छ ।

हवाई आक्रमण १६० आइएस लडाकूले आश्रयस्थल बनाएर बसेको अलवाव क्षेत्रमा भएको थियो ।

यसैगरी आइएस विरुद्धको आक्रमणमा टर्कीले आतङ्ककारीद्वारा प्रयोग गर्न तयार पारी राखेको गत वर्षको अगष्टदेखि नियन्त्रणमा लिइएका दुई हजार ८४५ थान विस्फोटक पदार्थ नष्ट गरिएको सेनाले जनाएको छ ।

टर्कीको सिरियाली कुर्दिस पिपुल्स प्रोटेक्सन युनिट ९वाईपिजी० र सिरियाली कुर्दिस डेमोक्रेटिक पार्टी ९पिवाईडी०लाई आतङ्कवादी समूहको रुपमा हेर्दै आएको र उनीहरु विरुद्ध ‘युफ्रट्स शिल्ड अपरेशन’ नामक सुरक्षा अभियान चलाउँदै आएको थियो । रासस÷एएफपी

प्रतिक्रिया दिनुहोस्