ब्राजिलमा सामुहिक अपराध मौलाएको भन्दै राष्ट्रपति टिमरद्वारा चिन्ता व्यक्त



Brazil’s President Michel Temer gestures as he attends an economics and politics forum in Sao Paulo, Brazil, September 30, 2016. REUTERS/Paulo Whitaker

ब्रासिलिया ९ब्राजिल०, २८ पुस । ब्राजिलियाली राष्ट्रपति मिसेल टिमरले बुधबारक ब्राजिलको मन्त्रीपरिषदको बैठकमा पछिल्लो समय ब्राजिलका विभिन्न जेल तथा अन्य ठाँउमा भएका सामुहिक आपराधिक गतिविधिले मुलुक र यहाँ बसोबास गर्ने नागरिकलाई चिन्तित तुल्याएको बताउनुभएको छ ।

हालै जेलमा देखिएको सुरक्षास्थितिले राज्यद्वारा नागरिकलाई गराइनुपर्ने सुरक्षाको प्रत्याभूत गराउन नसकेको भन्दै यसमा प्रहरी प्रशासन सजग बन्नुपर्ने उहाँले बताउनु भएको छ ।

ब्राजिलको उत्तरी क्षेत्रमा हालै भएका घटनामा कम्तिमा १०० जनाको मृत्यु भएपछि राष्ट्रपतिले मन्त्रीपरिषदको बैठकमा उक्त मुद्दालाई उठाउनु भएको हो ।

उहाँले जेलको सुरक्षास्थितिलाई थप मजबुत पार्न र जेलमा क्षमताभन्दा धेरै बन्दी नराख्ने ब्यवस्था गर्न गृह प्रशासनलाई समेत निर्देशन दिनुभएको छ । रासस÷सिन्ह्वा
––––––––

प्रतिक्रिया दिनुहोस्