फार्कसमूह आगामी छ महिनाभित्र पूर्णतया हतियारबिहीन वन्ने



बोगोटा ९कोलम्विया०, २७ पुस । कोलम्वियामा करिव छ दशकदेखि शसस्त्र गुरिल्ला युद्ध सञ्चालन गर्दै केही समय पहिले युद्धविराम गरी शान्ति प्रक्रियामा आएको ‘रिभोलुसनरी आर्मड फोर्सेस अफ कोलम्विया’ ९फार्क० समूह आगामी छ महिनाभित्र आफ्ना सम्पूर्ण हतियार बुझाई निशस्त्र बन्ने कोलम्विया सरकारले बताएको छ ।

कोलम्वियाको रणनैतिक सङ्क्रमण दस्ताका जनरल जाभियर फोरेजले मुलुकको सबैभन्दा ठूलो विद्रोही समूहले प्रक्रियामा आउन उसलाई दिइएको समयसीमा राम्रोसँग पालना भइरहेको मङ्गलबार सञ्चारकर्मीसँगको भेटमा बताउनुभयो ।

फार्कका ९० प्रतिशत समूहहरु प्रभाभित क्षेत्रको १० किलोमिटर सीमाक्षेत्रभित्र रहेको र १० प्रतिशत ‘ट्रान्जिसन जोन’ भित्र घुमिरहेको उहाँले बताउनुभयो ।

कोलम्वियाका राष्ट्रपति जुआन म्यानुअल सान्तोसले हालै फार्क समूहसँग शान्ति सम्झौता गरेपछि पाँच दशकभन्दा लामो द्वन्द्वको अन्त्य भएको हो ।

मङ्गलबारै पूर्व विद्रोही फार्कका सेना प्रमुख टिमोलिया जिमेनेजले पनि आफ्नो समूहका लडाकू कुनै झडप बिना एकिकृत बन्दै आएको बताउनुभयो ।

फार्कका ९० प्रतिशत समूहहरु हरेक क्षेत्रको १० किलोमिटर सीमाक्षेत्रभित्र रहेको र १० प्रतिशत सङ्क्रमण कालिन क्षेत्र भित्र घुमिरहेको उहाँले बताउनुभयो ।

यसैगरी कोलम्वियास्थित संयुक्त राष्टङसङ्घ मिसनका एक निरीक्षक तथा तीन पर्यवेक्षकले नयाँ वर्षको अवसरमा फार्क समूहका लडाकूसँग नाचिरहेको स्थानीय सञ्चारमाध्यमले समाचार तथा तस्वीरहरु प्रकाशन भएपछि उनीहरुलाई कारवाही गरेको छ ।

राष्ट्र सङ्घको यो निर्णय कोलम्वियालाई शान्ति प्रक्रियामा प्रभावित क्षेत्रमा लडाकूको प्रमाणीकरणका शिलशिलामा तटस्थता अपनाउन दिइएको प्रतिक्रियाका रुपमा देखिएको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्