पृथ्वी जयन्तीको अवसरमा दमौलीमा शान्ति र्याली प्रदर्शन



तनहुँ, (नेस)।

पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा बुधबार दमौलीमा शान्ति र्याली प्रदर्शन गरिएको छ । तनहुँ युवा सञ्जालको आयोजनामा पृथ्वी जयन्तीको अवसरमा र्याली प्रदर्शन गरिएको हो ।

राष्ट्रिय एकता आजको आवश्यकता’ भन्ने नारा सहित व्यास १० स्थित अनसन चौताराबाट सुरु भएको र्याली दमौली बजारको परिक्रमा गरी मुख्यचोकमा कोणसभामा परिणत भएको थियो ।

र्यालीमा स्वत स्फूर्त रुपमा विभिन्न क्षेत्रका युवाहरुको सहभागिता रहेको थियो ।२०६२/६३ सालको जनआन्दोलन अघि पृथ्वी जयन्तीको अवसरमा हरेक वर्ष पुस २७ गतेका दिन सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।

त्यसपछि सरकारले पृथ्वी जयन्तीको अवसरमा दिइँदै आएको बिदा कटौती गरेको थियो । स–साना राज्य रजौटामा विभाजित नेपाललाई एकीकरण गरेका शाहको जन्म विसं १७७९ पुस २७ गते भएको थियो।

प्रतिक्रिया दिनुहोस्