नेपाली कांग्रेसको जनसम्पर्क समिति फिनल्यान्डमा



काठमाडौं, २७ पुस ।
नेपाली कांग्रेसको जनसम्पर्क समिति फिनल्यान्डमा गठन भएको छ । नेविसंघका पूर्व सहमहामन्त्री सन्देश अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नेपाली कांग्रेसको जनसम्पर्क समिति गठन गरिएको हो ।

समितिको महामन्त्रीमा पूर्व एनआरएन फिनल्यान्डका एक्जीक्यूटिभ बोर्ड सदस्य ईन्जिनियर कृष्णप्रकाश भुषाल चयन हुनु भएको छ । यस्तै, समितिको उपाध्यक्षमा राजिव केसि, सहमहामन्त्री प्रदीप तिवारी, कोषाध्यक्षमा दुर्गेस पाण्डे रहका छन भने सद्स्यमा पुष्कर खड्का, सुमन कोइराला, दुर्गा पाण्डे, मुकुल प्रधान, सुदिप खड्का, बिजयनाथ खनाल लगायत रहनु भएको छ ।

उक्त समिति नेपाली कांग्रेस केन्द्रिय कार्यालयमा दर्ता भएको छ । कार्यक्रममा समितीका  सभापति सन्देश अधिकारील सबैलाई धन्यवाद दिनुभएको थियो । फिनल्यान्डमा अध्ययन गरी त्यहाँको सिप सिकी आफ्नो देशलाई सहयोग प¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्