मेटाउन खोज्दैमा इतिहास मेटाउन सकिँदैन



सुशील देवकोटा

पौष २७ हाम्रो दैलोमा आइसकेको छ । पौष २७ फगत एक मिति मात्र होइन, एक राष्ट्रियता भएको नेपालीको लागि । नेपाल एकीकरण भएर हामी नेपाली हुन पाएकोमा गर्व गर्ने दिन हो पौष २७ गते । त्यसैले केही समयअगाडिसम्म हामी यस दिनलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने गथ्र्यौं । तर हिंसात्मक क्रान्तिबाट आएको (वा, ल्याइएको) कथित गणतन्त्र घोषणापछि यति महत्वपूर्ण दिन ओझेलमा परेको छ । कथित गणतन्त्रपछि हाम्रो राष्ट्रियतामा आघात पुग्ने गरी गरिएका निर्णयहरुको सूची बनाउने हो भने जो–कोही सच्चा नेपालीको आँखा रसाउँछ भन्ने कुरामा दुई मत नहोला । यदि नेपाली जनताको तीव्र विरोध नहुँदो हो त शायद हाम्रो शान र हाम्रो गौरवको रुपमा रहेको र विश्वमा नै बेग्लै पहिचानको रुपमा रहेको हाम्रो चन्द्र–सूर्य अंकित राष्ट्रिय झन्डासमेत परिवर्तन गरिसक्ने थिए ती कथित गणतन्त्रवादीहरुले ।

टुक्रा–टुक्रामा छरिएको नेपाललाई आजकै दिन वि.सं. १७७९ मा जन्मिएका श्री ५ बडा महाराजाधिराज पृथ्वीनारायणले आफ्नो साहस र पौरखले एकढिक्का बनाए । त्यसैले मात्रै आज हामीले आपूmलाई नेपाली भनेर गर्व गर्ने अवसर पाएका छौं । जसरी हामीले नेपालको नागरिक भनेर गर्व गर्ने अवसर पाएका छौं त्यसै गरी कसैले नेपालको प्रधानमन्त्री, मन्त्री अथवा अन्य सम्मानित पदको भनेर विश्वसामु नाक फुलाउन पाएका छन् । यदि श्री ५ बडा महाराजाधिराज पृथ्वीनारायणले यो एकीकरण नगरेका भए आजको सुन्दर नेपाल हामीले पाउथ्यौं वा पाउँदैनथ्यौं, भन्न सकिँदैन । तर्कको लागि उनले नगरेका भए अरु कसैले गथ्र्यो भन्न सकिन्छ । मान्न सकिन्छ यो तर्कलाई । तर परिणाम के हुन्थ्यो त आखिर ? जसले एकीकरण गरेको भए पनि आजका बैगुनी नेताहरुले उनलाई जश नदिने नै रहेछन् नि ।

राष्ट्रको महत्व तिनीहरुले मात्रै बुझ्छन्, जसमा राष्ट्रियता हुन्छ । हाम्रा अहिलेका अधिकांश नेता कहाँ र कोबाट सञ्चालित छन् ? त्यो घामजत्तिकै छर्लंग छ । स्वार्थले लिप्त भएर आत्मा मरिसकेकालाई केको राष्ट्र, केको राष्ट्रियता ? नेपाल र नेपालीले गौरव गर्ने र नेपाल झल्काउने नेपालीपनमाथि प्रहार गर्दै नेपाललाई खण्डित गरेर को सच्चा लेण्डुप बन्ने भन्ने प्रतिस्पर्धामा लागेका छन् हाम्रा अधिकांश नेता । त्यसैले त विदेशी प्रभुहरुको आदेशमा बहुसंख्यक नेपालीलाई कुनै चासो र सरोकार नै नभएका चाडपर्वहरुमा सार्वजनिक बिदा दिने क्रम थपिँदो छ र नेपाली मात्रले गर्व गर्ने दिनहरुको सार्वजनिक बिदा धमाधम कटौती हुँदै छ । यसै गरी कटौती भएको हो श्री ५ पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको बिदा ।

नेपालीहरु धेरै आशावादी छन् र नेपालीमा अदम्य धैर्य गर्ने क्षमता छ । यो तारिफयोग्य कुुरो हो । तर अब सोच्नुपर्ने भैसकेको छ– आशा कहिलेसम्म गर्ने ? कहिलेसम्म धैर्य गर्ने ? हाम्रो राष्ट्रियतामाथि ठाडो आघात हुँदासम्म आश गर्ने ? राष्ट्र नै खण्डित भएर गुम्ने अवस्था आउँदासम्म धैर्य गर्ने ? यी नेताहरुले न हाम्रो राष्ट्र जोगाउँछन्, न राष्ट्रियता ? अब जे गर्नु छ, हामीले नै गर्नुपर्छ । हामी नै उठ्नुपर्छ र हामी नै जुट्नुपर्छ । यो सन्देश दिनको लागि पनि कि जब हाम्रो राष्ट्र र राष्ट्रियताको प्रश्न आउँछ तब हामी शान्तिप्रेमी नेपाली जनता आँधीबेहरीको रुपमा रुपान्तरित हुन्छौं र त्यो बेला मै हुँ भन्ने ठूला–ठूला चट्टानलाई पनि हामी धूलो बनाइदिन्छौं ।

पौष २७ गते हाम्रो राष्ट्रिय गौरवको दिन हो । हामीले हाम्रो देश पाएको दिन हो । हामी नेपाली हुन पाएको दिन हो । विदेशीको गुलाम बनेको हाम्रो वर्तमान सरकारले यो दिन बिदा नदिए पनि आउनुहोस्, हामी मिलेर यो गौरवपूर्ण दिनलाई मनाऔं । निर्लज्ज सरकारलाई यो सन्देश दिऊँ कि राष्ट्रियताको सवाल जब–जब आउँछ तब–तब नेपाली स्वस्फूर्तरुपमा आफैंमा देशको रक्षक बनेर अगाडि आउँछन् । हामी मिलौं र यसो गरौं– ड्ड राष्ट्रियता भएका निजी संघसंस्थाहरुले स्वस्पूmर्तरुपमा त्यो दिन बिदा दिने ।

ड्ड आ–आफ्नो टोलबाट नेपाली राष्ट्रिय झन्डा र बडा महाराजाधिराजको तस्वीर भएको प्ले–कार्डसहित जुलुस निकाल्ने । सिंहदरबारअगाडि गएर बडा महाराजाधिराजको शालिकमा माल्यार्पण गर्ने र जुलुसको गन्तव्य लैनचौरलाई बनाउने ।
ड्ड राष्ट्रियता भएका सञ्चारमाध्यमहरुले त्यो दिन यो गुलाम सरकारको कुनै समाचार सम्प्रेषण नगर्ने र नेपाल एकीकरण गर्दाको तथ्य सामग्रीहरु प्रस्तुत गर्ने । ड्ड आपूmलाई राष्ट्रियता भएको सच्चा नेपाली मान्नेहरुले त्यस दिन आफ्नो घरमा दीपावलीमा बाल्नेजस्तै झिलिमिली बत्ती बाल्ने ।

ड्ड चोक–चोकमा बडामहाराजाधिराजको तस्वीर राखेर सम्मान र श्रद्धाञ्जली अर्पण गर्ने । साथमा एउटा पुस्तिका राख्ने र त्यसमा पौष २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा घोषणा गर्नै पर्छ भनेर सरकारको चिरनिद्रामा भएको आँखा खोल्न हस्ताक्षर संकलन गर्ने । संकलित सम्पूर्ण ठाउँका हस्ताक्षर एकैदिन एकसाथ सरकार प्रमुखलाई हस्तान्तरण गर्ने ।
ड्ड सामाजिक सञ्जालमा त्यो एकदिन सबै राष्ट्रप्रेमी नेपालीले आफ्नो प्रोफाइल फोटोको ठाउँमा बडामहाराजाधिराजको फोटो राख्ने र त्यो दिनको पहिलो स्ट्याटसको रुपमा ‘राष्ट्रिय एकता दिवस अमर रहोस्’ लेख्ने ।

मेटाउन खोज्दैमा इतिहास मेटाउन सकिँदैन, चाहे त्यो कालो होस् वा सुनौलो । जसले इतिहास मेटाउन खोज्छ ऊ स्वयम् मेटिन्छ र बाँकी रहन्छ उसको कालो इतिहास । कालो इतिहास कोर्नतिर लागेकालाई राम राम भन्दै हामी चाहिँ हाम्रो सुनौलो इतिहासको संरक्षण गरौं र श्री ५ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यरुपमा मनाऔं । आफ्नो राष्ट्रियता जोगाऔं, नेपाल जोगाऔं र नेपाली नै भएर बाचौं ।

प्रतिक्रिया दिनुहोस्