ग्रान्डीको चौथो स्थापना दिवस



काठमाडौंको धापासीमा रहेको ग्रान्डी अस्पतालले आफ्नो चौथो स्थापना दिवस एक कार्यक्रमको आयोजना गरी यसै साता मनाएको छ। अस्पताल सञ्चालनको चौथो वर्ष पूरा भएको उपलक्षमा राजधानीको र्याडिसन होटलमा एक कार्यक्रम गरी मनाइएको थियो।

स्वास्थ्यमन्त्री गगन थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको विशिष्ट अतिथिका रूपमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले सरकार ग्रान्डी जस्ता अस्पतालको साथमा सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको बताउनुभयो। सोही अवसरमा उहाँले नेपालको स्वास्थ्य उपचारको क्षेत्रमा ग्रान्डी अस्पतालले उदाहरणीय कार्य गरेको जिकिर गर्दै यस किसिमका अस्पतालहरू आवश्यक रहेको बताउनुभयो।

त्यसै गरी नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आफू ग्रान्डी अस्पतालको सेवाबाट अत्यन्त प्रभावित भएको र यस किसिमका सेवा प्रदायक स्वास्थ्य संस्थाहरू मुलुकका लागि अपरिहार्य रहेको बताउनुभयो। सोही अवसरमा अस्पतालका अध्यक्ष इ. दीपक कुँवरले थुप्रै चुनौती र समस्याहरूलाई छिचोल्दै आज देशको आदर्श स्वास्थ्य सेवा प्रदायक अस्पताल बनाउन योगदान दिनुभएका सम्पूर्ण सहयोगी सदस्यहरूप्रति आभार व्यक्त गर्नुभयो। मनतव्यकै क्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले स्वास्थ्य सेवाका क्षेत्रमा ग्रान्डी अस्पतालले धेरै नयाँ काम गरेको र आगामि दिनमा अझ स्तरीय सेवा प्रदान गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दै सरकारसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो।

देशको पहिलो ईएमएस सेवा जहाँ चिकित्सक र नर्सिङ स्टाफसहितको टोली, अत्याधुनिक सुविधा सम्पन्न एम्बुलेन्स तथा एयर एम्बुलेन्स सेवाको माध्यमबाट आकस्मिक उपचार र उद्धार गरी सयौंको संख्यामा बिरामीलाई अस्पतालमा ल्याएर सफल उपचार गरिसकेको छ। यस कार्यमा अस्पतालको छतमा रहेको सुरक्षित हेलिप्याडले पनि महत्त्वपूर्ण भूमिका खेलेको जानकारी गराइयो।
हृदयाघात भएर आएकाहरूका लागि कार्डियाक इन्टरभेन्सनदेखि मुटुमा छुरा रोपिएर आएका बिरामीको सफल शल्यक्रियासम्म अनि छिनेका हात र औंलाहरू जोड्नेसम्मका जटिल शल्यक्रियामा यस अस्पतालले सफलता हाँसिल गरिसकेको छ। त्यसै गरी ग्रान्डी अस्पतालले प्रदान गर्दै आएको मृगौला प्रत्यारोपण सेवा पनि सफल रहेको छ। नेपालका दक्ष तथा अनुभवी डाक्टरहरूको टिमको संलग्नता रहेको यस अस्पतालको मृगौला प्रत्यारोपण सेवा पनि बिरामीहरूको पहिलो रोजाइमा पर्न सफल भएको छ।

त्यसै गरी दुर्घटनाबाट हुने चोटपटक जन्य बिरामीहरूका लागि यो अस्पताल एउटा उत्कृष्ट गन्तव्यका रूपमा स्थापित भएको छ। खेलकुदका बखत लाग्ने चोटपटकको क्यामेराको प्रयोगबाट गरिने आर्थोस्कोपिक उपचार र स्पोर्टस् मेडिसिनमा पनि ग्रान्डी अस्पताल पहिलो गन्तव्यका रूपमा रहेको दाबीसमेत गरियो। त्यसै गरी न्युरो सर्जरी, स्पाइनल सर्जरी र ल्याप्रोस्कोपिक रेनल र एब्डोमिनल इन्टरभेन्सनका लागि पनि यो अस्पताल उच्च प्राथमिकताको गन्तव्यको रूपमा स्थापित भइसकेको छ। यस किसिमका उपचार सेवा अत्याधुनिक र विश्वस्तरीय उपकरण र दक्ष तथा अनुभवी डाक्टरहरूको टिमले प्रदान गर्ने हुनाले यो अस्पताल सार्थकरूपमा सफल भएको छ। साथै स्त्री तथा प्रसूतिरोग सेवा र नियोन्याटल केयरसहितको बालरोग सेवाले पनि अस्पताललाई पूर्णता दिएको छ।

साथमा यस अस्पतालको फर्टिलिटी सेन्टर ग्रान्डी आईभीएफले सयौं दम्पतीलाई सन्तान सुख प्रदान गरेको छ। संक्रमित बिरामीहरूलाई अलग्गै राखेर उपचार गरिने विशेष कार्यक्रमसमेत सञ्चालित छ। यस अस्पतालमा ३५ वटा विभिन्न विशेषज्ञ उपचार सेवाहरू उपलब्ध रहेका छन्। एकै छानामुनि अलग–अलग विधाका विशेषज्ञहरूको सहज उपलब्धताले जटिलभन्दा जटिल प्रकृतिका बिरामीको उपचारसमेत सम्भव हुने गरेको जनाएको छ। ग्रान्डी अस्पताल उपचारका लागि विदेश जाने नेपालीका लागि समेत स्वदेशमा नै एउटा राम्रो विकल्पको रूपमा स्थापित भएको दाबी गरेको थियो। ग्रान्डी अस्पताल २०१६ को उत्कृष्ट सेवा प्रदायक अस्पताल ‘हस्पिटल अफ द इएर २०१६ु फ्रस्ट एन्ड सुलिभान अवार्डबाट सम्मानित भएको प्रचार विभाग प्रमुख विनोद पौडेलले जानकारी गराउनुभयो।

प्रतिक्रिया दिनुहोस्