न्युडायमण्डको लगातार चौथों जित



नेपाल समाचारपत्र
काठमाडौं
न्युडायमण्ड एकेडेमीले १२औँ ब्लु स्काई टिभिएस ढोरपाटन महिला डबल लिग भलिबलमा लगातार चौथो जित हात पारेको छ।

नयाँ बसपार्कमा सोमबार भएको तेस्रो दिनको खेलमा न्युडायमण्डले विजेश्वरी ज्ञानमन्दिर सैनिक स्कुललाई ३–० को सोझो सेटमा हराएको हो। न्युडायमण्डले विजेश्वरीमाथी २५–२,२५–३ र २५–० को सहज जित निकालेको थियो। यो जितसँगैं १२ अंकसहित टोली शीर्ष स्थानमा रहेको छ।

विभागीय टोली नेपाल एपीएफ क्लबले तीन खेलमा अपराजित रहदै ९ अंक जोडेर न्युडायमण्डलाई पछ्याइरहेको छ। एपीएफले विभागिय प्रतिद्धन्दि नेपाल पुलिस क्लबलाई ३–१ ले हरायो। पहिलो सेट २०–२५ ले गुमाएको एपीएफले त्यसपछि लगातार तीन सेट २५–१५, २५–१६ र २५–१६ ले आफ्नो पक्षमा पारेको थियो। तर पुलिसले यो पराजयको निरास क्षणलाई हिजै भएको अर्को खेलमा आयोजक ढोरपाटनलाई ३–० को सोझो सेटले हरायो। यो खेल पुलिसले २५–१२, २५–१० र २५–१७ को सेटले जितेको थियो। पुलिसको चार खेलबाट ६ अंक छ भने ढोरपाटनको तीन खेलबाट २ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्