हैटी सडक दुर्घटनामा बिस जनाको मृत्यु



मेक्सिको सिटी ९मेक्सिको०, २५ पुस । हैटीको उत्तरी पहाडी क्षेत्रमा आइतबार भएको सडक दुर्घटनामा कम्तिमा २० जनाको मृत्यु भएको हैटीको सुरक्षाकर्मीलाई उद्धृत गर्दै पेरुको राज्य संचालित न्यूज एजेन्सी आँदिनाले जनाएको छ ।

घटनामा दर्जनौ मानिस घाइते भएका दर्जनौ यात्रुलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएकोे छ ।

मन्ट लाक्रिटी भन्ने उच्च पहाडी क्षेत्रमा भएको उक्त घटनामा घाइते भएका मध्ये केहीको स्वास्थ्य स्थिति गम्भीर भएको आँदिनाले अस्पताल स्रोतलाई उद्धृत गरी जानकारी गराएको छ ।

एक ट्रकले सोही दिशाबाट चलिरहेको यात्रुवाहक बसलाई ठक्कर दिएपछि बसका अधिकांश यात्रु घाइते भएका बताइएको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्