जेठो विश्वविद्यालय नीति र प्रगति



(ईश्वरराज ढकाल) नेपालको राष्ट्रिय आवश्यकताअनुसार त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षाको विकासमा निरन्तर महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ। यस विश्वविद्यालयले दक्षिण एसियाली मुलुकलगायतका विभिन्न देशहरूमा आफ्नो पहिचान स्थापित गरिसकेको छ। यस विश्वविद्यालयले नेपालको उच्च शिक्षामा ८० प्रतिशतभन्दा बढी जिम्मेवारी बहन गरेको छ। त्रिविअन्तर्गत पाँच अध्ययन संस्थान, चार सङ्कायअन्तर्गत आजसम्म ६० वटा आङ्गिक क्याम्पस र १ हजार ८४ वटा सम्बन्धन प्राप्त क्याम्पसमा स्नातक तहदेखि पीएचडीसम्मका कार्यक्रमहरू सञ्चालनमा रहेका छन्। आव २०७१⁄०७२ मा अध्ययनरत कुल विद्यार्थी सङ्ख्या २ लाख ९८ हजार ९ सय ७९ मध्ये आङ्गिक क्याम्पसमा १ लाख ४ हजार १ सय ८८ (३४ दशमलव ८४) प्रतिशत र सम्बन्धन प्राप्त क्याम्पसमा १ लाख ९४ हजार ८ सय २ (६५ दशमलव १६) प्रतिशत विद्यार्थी छन्। जसमध्ये विदेशी विद्यार्थीको सङ्ख्या ५ सयको हाराहारीमा अध्ययनरत छन्।

विश्वविद्यालयको अध्यापन कार्यमा ७ हजार ९ सय ६६ जना शिक्षक तथा ७ हजार २ सय ३० जना प्रशासनिक एवं प्राविधिक कर्मचारी गरी जम्मा १५ हजार १ सय ९६ स्वीकृत दरबन्दीमा जनशक्ति कार्यरत छन्। आर्थिक वर्ष २०७१⁄०७२ मा विभिन्न तहमा इन्जिनियरिङ अध्ययन संस्थानबाट २ हजार ८८, कृषि र पशु विज्ञान अध्ययन संस्थानबाट २ सय ६९, चिकित्साशास्त्र अध्ययन संस्थानबाट १ हजार ३ सय २३, वन विज्ञान अध्ययन संस्थानबाट १ सय ३३, विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट ५ हजार १ सय १३, कानुन सङ्कायबाट ५ सय ७०, व्यवस्थापन सङ्कायबाट १५ हजार ९ सय ८५, शिक्षाशास्त्र सङ्कायबाट २४ हजार ६ सय ५५, र मानविकी तथा सामाजिकशास्त्र सङ्कायबाट ११ हजार ८ सय २७, जना गरी जम्मा ६१ हजार ९ सय ६३ जनशक्ति उत्पादन भएका छन्।

प्रगति
आव २०७२⁄०७३ मा विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण, शैक्षिक गुणस्तर वृद्धि र जनशक्ति परिचालनका समग्र एवं एकीकृत विकास कार्यक्रमलाई तर्कसङ्गत ढाँचामा कार्यन्वयन गर्ने गरी ५ वर्षे रणनीति गुरुयोजना स्वीकृत भई कार्यन्वयन भइरहेको छ। केन्द्रीय क्याम्पस कीर्तिपुर परिसरमा सञ्चालित शैक्षिक तथा अनुसन्धान कार्यक्रमहरूलाई उत्कृष्ट शैक्षिक कार्यक्रमको रूपमा विकास गर्न केही भौतिक पूर्वाधारहरू तयार भइसकेका छन् भने केही निर्माणाधीन प्रक्रियामा रहेका छन्। विश्वविद्यालयले प्रदान गर्ने शैक्षिक सेवालाई गुणस्तरीय बनाउनका लागि विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा सञ्चालित सेमेस्टर प्रणालीलाई निरन्तरता दिएको छ भने आवश्यक नयाँ पाठ्यक्रम, पाठयपुस्तक र पाठ्य सामग्री निर्माण, परीक्षा प्रणाली सुधार तथा आंगिक एवं सम्बन्धन प्राप्त क्याम्पसहरूको अनुगमन तथा मूल्याङ्कन गर्ने कार्यहरू भइरहेका छन्। सेमेस्टर प्रणालीलाई बढी प्रभावकारी एवं विश्वसनीय बनाउन यस शैक्षिक वर्षमा कानुन, जनप्रशासन र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत स्नातकोत्तर तहका कार्यक्रमहरूमा सेमेस्टर प्रणाली विस्तार गरिएको छ।

केन्द्रीय पुस्तकालय सुदृढीकरण गरी भ(ष्दिचबचथ सुविधायुक्त बनाइएको छ भने विभिन्न आंगिक क्याम्पसका पुस्तकालयलाई केन्द्रीय पुस्तकालयसँग जोडिएको छ। पुस्तकालय सेवालाई अत्याधुनिक र समय प्रभावकारी बनाउन पुस्तकालयमा कार्यरत जनशक्तिहरूको क्षमता अभिवृद्धिसम्बन्धी तालिम दिने काम सम्पन्न भएको छ।

कार्यक्रमको विस्तार एवं विकासका लागि छुट्टै एक निर्देनालय स्थापना गरी कार्य अघि बढिरहेको छ। कृषि पशु विज्ञान अध्ययन संस्थानअन्तर्गत लमजुङ, र पक्लिहवा क्याम्पसमा भौतिक पूर्वाधार पूरा भएका छन्। मनोमोहन कार्डियो थोरासिक केन्द्रमा आवश्यक पर्ने उपकरणहरूको निरन्तर व्यवस्थापन गरिएको छ।
विभिन्न विश्वविद्यालहरूसँग भएका समझदारी–पत्रका आधारमा अनुसन्धान कार्य सञ्चालन भइरहेका छन्। विश्वविद्यालयअन्तर्गतका विभिन्न निकायहरूलाई अनुसन्धान कार्यमा क्षमता विकास गर्न स्थापना गरिएको अनुसन्धान कोषको परिचालन गर्ने नीति तथा कार्यक्रमहरू निर्माण गरी कार्यन्वयन गरिएको छ। नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभागहरू र अन्तर्राष्ट्रिय संघ–संस्थाहरूसँग अनुसन्धान तथा विकास ९च्७म्० सम्बन्धी सहकार्य तथा समन्वय गरिएको छ।

रोजगारमूलक एवं सीपमूलक व्यावसायिक विषयहरूको पठनपाठन सञ्चालन गर्न इन्जिनियरिङ अध्ययन संस्थानले विभिन्न बजारमुखी, प्रयोगात्मक एवं अनुसन्धानमूलक विषयहरू सञ्चालन गरेको छ। ट्रफल, अनुसन्धान तथा एग्रो बायोम्याट्रिक प्रयोगशाला भवन निर्माणाधीन अवस्थामा छ। व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रले कञ्चनजंगा भू–परिधि संरक्षण विकास पहल र कैलाश पवित्र भू–परिधि संरक्षण विकास पहल परियोजना सञ्चालन गर्दै आएको छ।

देशको उच्च शिक्षा विकासमा निजी क्षेत्रको सहभागितालाई अभिवृद्धि गर्न उत्पादनशील अनुसन्धान कार्यको पहिचान, सम्बन्धन प्राप्त क्याम्पसहरूको स्रोत व्यवस्थापन तथा परिचालन र अन्य संघ–संस्थाहरूको समन्वयमा अनुसन्धान र शैक्षिक कार्यहरू सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाइएको छ। विश्वविद्यालयको आर्थिक प्रशासनलाई पारदर्शी तथा चुस्तदुरुस्त बनाउन प्राप्त अनुदानको उचित व्यवस्थापन, आन्तरिक स्रोतको अधिक परिचालन, एकल खाता प्रणालीको कार्यान्वयन र बेरुजु फस्र्यौट कार्य अघि बढिरहेको छ। निवृत्तिभरण कोषको सुदृढीकरणका लागि विभिन्न स्रोतहरू परिचालन गरिएको छ। त्रिवि सञ्चयकोषलाई नेपाल कर्मचारी सञ्चयकोषमा मिलान गरिएको छ।

विश्वविद्यालयले एएमआईएस सेवालाई विस्तार गरिरहेको छ। शिक्षक कर्मचारीको व्यवस्था गर्नका लागि आवश्यक तथ्यांक सङ्कलन गर्न सिट्रोल भराउने काम अगाडि बढिरहेको छ। विश्वविद्यालयका विभिन्न निकायहरूमा वैकल्पिक ऊर्जा व्यवस्था गर्न सौर्य ऊर्जा प्रणाली जडान गर्ने कार्य भइरहेको छ। विश्वविद्यालयको सबै अध्ययन संस्थान र सङ्कायहरूका कार्यक्रमहरूका शैक्षिक क्यालेन्डर परिमार्जन गर्ने कार्यलाई निरन्तरता दिइएको छ। विद्यार्थी भर्ना, पठनपाठन, परीक्षा सञ्चालन र नतिजा प्रकाशनसमेत व्यवस्थित हुँदै आइरहेको छ। परीक्षा नियन्त्रण कार्यालयले प्रदान गर्ने सेवालाई व्यवस्थित गर्न क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूको भौतिक पूर्वाधार निर्माण, जनशक्तिको व्यवस्थापन गर्ने कार्य भइरहेको छ।

परम्परागत स्वस्थ्य प्रविधि, जैविक विविधता संरक्षण, जलवायु परिवर्तन ग्रहण क्षमता विकास र स्थानीय साधन स्रोतको परिचालनसम्बन्धी अनुसन्धानात्मक कार्यक्रमहरू आर्युवेद क्याम्पस, वातावरण केन्द्रीय विभाग, व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रलगायत विभिन्न निकायहरूमा कार्यक्रमहरू सञ्चालन
भइरहेका छन्।

आव ०७२⁄०७३ मा मा सञ्चालनका लागि प्रस्तावित गरिएका कतिपय नीति तथा कार्यक्रमहरू विश्वविद्यालयको अथक प्रयासका बावजुद पनि अपेक्षित उपलब्धि हासिल गर्ने अवस्थामा पुगेनन्। अपेक्षित उपलब्धिहरू हासिल गर्ने गरी कार्यक्रमहरू सफल नहुनुमा पर्यात साधन र स्रोत प्राप्त नहुनु, आन्तरिक स्रोत परिचालनबाट पनि आवश्यक स्रोत व्यवस्थापन नहुनु र २०७२ साल वैशाख १२ गते गएको भूकम्प र त्यसपछि निरन्तरका पराकम्पनबाट क्षति हुनु हो। सोबाट त्रिवि केन्द्रीय कार्यालयलगायत यसका विभिन्न निकायहरूमा हुन गएको भौतिक सम्पत्तिको क्षतिको लेखाजोखा गर्न विज्ञहरूको टोली गठन गरी यथार्थ विवरण तयार भइसकेको छ।

विश्वविद्यालयका मुख्य कार्यक्षेत्र र नीति
त्रिवि ऐन तथा नियमावली २०५० ले स्पष्ट किटान गरेका लक्ष्य, उद्देश्य, कार्यक्षेत्र तथा नेपाल सरकारले केन्द्रीय विश्वविद्यालयको रूपमा मान्यता दिने निर्णयबमोजिम यस विश्वविद्यालयका लागि मुख्यतया देहायअनुसारका मुख्य कार्यक्षेत्र एवं नीति रहका छन्। त्रिविले संसारका स्तरीय विश्वविद्यालयमध्ये त्रिभुवन विश्वविद्यालयलाई स्थापित गर्ने परिकल्पना गरेको छ। त्यस्तै स्वदेश तथा विदेशको सामाजिक तथा आर्थिक विकासका लागि विभिन्न क्षेत्रहरूमा प्रतिस्पर्धात्मक र गुणस्तरीय मानव संशाधन उत्पादन गरी सहयोग पुर्याउने संकल्प गरेको छ भने सम्भव भएका केन्द्रीय विभागहरूलाई अध्ययन तथा अनुसन्धानका लागि दक्षिण एसियाली मुलुककै उत्कृष्ट प्राज्ञिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।

उत्कृष्ट शैक्षिक केन्द्रहरूको विकास
विश्वविद्यालयमा अनुसन्धानमूलक उत्कृष्ट शैक्षिक केन्द्रहरूको विकास गरी उच्च शिक्षामा नेतृत्वदायी भूमिका निर्वाह गर्ने।
विश्वविद्यालयको एकीकृत रणनीतिक योजना कार्यान्वयन गर्ने।
प्राकृतिक विपद्, जोखिम व्यवस्थापन, जलवायु परिवर्तनलगायतका प्राकृतिक विज्ञानका विविध पक्षमा अनुसन्धान गर्ने।
सामाजिक रूपान्तरण र विकाशका विविध पक्षमा अध्यापन तथा अनुसन्धान गर्ने।
सन् २०३० सम्म त्रिविलाई एसियाको उच्चस्तरको विश्वविद्यालय बनाउने गरी भिजन २०३० लाई अगाडि बढाउने।

उच्च शिक्षा क्षेत्रमा नेतृत्व
नेपालको उच्च शिक्षा नीति तथा कार्यक्रम निर्माणमा भूमिका निर्वाह गर्ने।
देशको उच्च शिक्षाको पाठ्यक्रम, पाठ्यपुस्तक, शैक्षिक सामग्री एवं प्रयोगशाला व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने।
मुलुकको सङ्घीय संरचनाअनुरूप उच्च शिक्षालाई व्यवस्थित गर्न त्रिविका आङ्गिक क्याम्पसहरूलाई थप स्वायत्तता
प्रदान गर्ने।
सम्बन्धन प्राप्त क्याम्पसहरूलाई थप प्राज्ञिक स्वायत्तता प्रदान गर्ने नीति अख्तियार गर्ने।
खुला तथा दूर शिक्षाका कार्यक्रमलाई प्रभावकारीरूपमा सञ्चालन गर्ने।

रोजगार एवं उद्यमशीलता विकास
विश्वविद्यालयको पठनपाठनमा प्राविधिक शिक्षालाई विशेष प्राथमिकतामा राखी सबै अध्ययन संस्थान र सङ्कायहरूमा व्यावसायिक एवं व्यावहारिक सीपमूलक शैक्षिक कार्यक्रम विकास र विस्तारमा जोड दिने।
विद्यार्थीहरूमा उद्यमशीलताको विकासमा
जोड दिने।
रोजगारमूलक, व्यावसायिक पठनपाठनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने।

गुणस्तरीय उच्च शिक्षा
सेमेस्टर प्रणालीको प्रभाव मूल्याङ्कन गरी विस्तार गर्ने।
त्तब्ब् पक्रिया अबलम्वन गर्ने।
सम्बन्धन व्यवस्थापन, अनुगमन तथा मूल्याङ्कन प्रक्रियालाई बढी प्रभावकारी बनाउने।
कक्षा कोठामा सूचना प्रविधि प्रविधि प्रयोगलाई जोड दिने।
सिकाइमा गहन सेचाइ (क्रिटिकल थिङ्किङ) लाई जोड दिने।
समयानुकूल पाठ्यक्रम परिमार्जनमा जोड दिने।
गुणस्तरीय खोज र अनुसन्धानमा जोड दिने।

आर्थिक तथा प्रशासनिक सुधार
विश्वविद्यालयको आर्थिक तथा प्रशासनिक पक्षलाई पारदर्शी तथा मितव्ययी बनाउने।
विश्वविद्यालयले नेपाल सरकारबाट प्राप्त गर्ने अनुदानको समुचित व्यवस्थापन र आन्तरिक स्रोत परिचालनमा विशेष जोड दिने।
विश्वविद्यालयको सङ्गठनलाई अझ बढी सेवामुखी बनाउने।
शिक्षक कर्मचारीहरूको निवृत्त जीवन सुरक्षित गर्ने नीति लिने।

भौतिक विकास, पुनर्निर्माण एवं
नवनिर्माण
भूकम्पबाट भएको भौतिक सम्पत्तिको क्षतिको योजना बनाई मर्मत तथा पुनर्निर्माण गर्ने।
विश्वविद्यालयलाई प्रर्याप्त भौतिक सुविधा सम्पन्न बनाउन नयाँ निर्माण कार्य अघि बढाउने।
विश्वविद्यालयको भौतिक सम्पत्तिको
संरक्षण गर्ने।

जनशक्ति विकास
विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक सेवालाई प्रभावकारी बनाउने गरी जनशक्तिको विकास, क्षमता अभिवृद्धि र योग्य जनशक्ति भार्नाको नीति अख्तियार गर्नेछ।
विश्वविद्यालयका लागि आवश्यक पर्ने जनशक्तिको योजनाबद्ध निर्माण गर्ने।
शिक्षण पेसामा प्रवेश र पदोन्नतिका लागि उकृष्ट आधारको नीतिगत व्यवस्था गर्ने।

अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार
विश्वका विभिन्न विश्वविद्यालयहरूसँग कार्यमूलक ९ँगलअतष्यलब०ि सम्बन्ध विस्तार, विकास र सुदृढीकरण गर्ने।
उच्च शिक्षामा देश बाहिरका विद्यार्थीहरूको आकर्षण बढाउने।
त्रिभुवन विश्वविद्यालयसँग सम्बन्ध स्थापना भएका विश्वविद्यालयहरूसँगको सम्बन्धलाई त्रिभुवन विश्वविद्यालयको समग्र विकासका लागि सहयोगी बनाउन पहल गर्ने।

आन्तरिक स्रोत परिचालन तथा आयआर्जन
विश्वविद्यालयले आन्तरिक स्रोतको अधिकतम प्रयोग गर्दै आयआर्जनमा जोड दिने।
विश्वविद्यालयको स्वायत्तताको रक्षा गर्न आर्थिक परनिर्भरता कम गर्दै जाने।
विश्वविद्यालयले आफ्ना अल्मुनाइहरूसँगको सम्बन्धलाई सुदृढ गर्दै आवश्यक सहयोग जुटाउन पहल गर्ने र विदेशमा रहेका अल्मुनाइहरूलाई स्वदेशमा आई काम गर्ने वातावरण सिर्जना गर्ने।
विश्वविद्यालयको जमिनलाई आयआर्जनमा उपयोग गर्ने।
नीति

विश्वविद्यालयलाई अनुसन्धानमूलक उत्कृष्ट शैक्षिक केन्द्रको रूपमा योजनाबद्ध विकास गर्ने।
केन्द्रीय विश्वविद्यालयको हैसियतमा देशको उच्च शिक्षा विकासमा नेतृत्वदायी भूमिका
निर्वाह गर्ने।
सार्क क्षेत्रलगायत विश्वका विभिन्न विश्वविद्यालयहरूसँग सम्बन्ध विस्तार, विकास र सुदृढीकरण गर्ने।
उत्पादन, रोजगार, उद्यम तथा व्यवसायमूलक शैक्षिक कार्यक्रम सञ्चालनमा जोड दिने।
विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा स्नातकोत्तर तहमा लागू गरिएको सेमेस्टर प्रणाली
सबै क्याम्पसहरूमा क्रमशः लागू गर्ने।
शैक्षिक गुणस्तर अभिवृद्धि गरी देशभित्र र बाहिरका विद्यार्थीहरूको उच्च शिक्षामा
आकर्षण बढाउने।
शैक्षिक क्यालेन्डर कार्यान्वयन गरी परीक्षा, भर्ना र पठनपाठनलाई सुधार एवं
सुदृढीकरण गर्ने।
शिक्षा, स्वास्थ्य, कृषि, विज्ञान, प्रविधि, जलवायु परिवर्तनलगायत आर्थिक सामाजिक क्षेत्रमा आवश्यक पर्ने नीतिगत अनुसन्धान कार्यका लागि सरकार, दातृ निकाय र क्षेत्रीय विश्वविद्यालय तथा संस्थाहरूसँग सहकार्य गर्ने।
प्राज्ञिक मान्यता एवं बौद्धिक सम्पत्तिको सुनिश्चितता गर्ने।
विश्वविद्यालयको व्यवस्थापन पक्षलाई चुस्त, दुरुस्त, छिटो, छरितो, पारदर्शी तथा
मितव्ययी बनाउने।
उच्च शिक्षामा लागत साझेदारीका आधारमा निजी, सार्वजनिक क्षेत्रसँगको सहकार्यमा जोड दिने।
खुला तथा दूर शिक्षाका कार्यक्रममार्फत् नियमित कक्षामा उपस्थित हुन नसक्ने विद्यार्थीहरूको उच्च शिक्षामा पहुँच सुनिश्चित गर्ने।
विश्वविद्यालयको सेवालाई जवाफदेही, जिम्मेवारी र दायित्व बहन गर्ने किसिमले बढीभन्दा बढी उत्पादनशील बनाउन साङ्गठनिक संरचना, कार्यप्रणाली र नीति निर्देशिका परिमार्जन गरी समय सापेक्ष बनाउने।
सम्बन्धन, अनुगमन तथा मूल्यांकन प्रक्रियालाई व्यवस्थित गर्ने।
क्याम्पस व्यवस्थापनलाई विकेन्द्रीकरण तथा स्वायत्तता बनाउन नीतिगत सुधार गर्ने।
एकल खाता कोष प्रणालीको प्रवद्र्धन गर्ने।
विश्वविद्यालयमा शून्य बेरुजुको स्थिति सिर्जना गर्ने।
विश्वविद्यालयको भौतिक सम्पत्तिको संरक्षण सम्वद्र्धनमा जोड दिने।
चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत महाराजगन्ज क्याम्पसमा सञ्चालित स्नातक तहका कार्यक्रमहरूलाई क्रमशः कीर्तिपुर परिसरमा सञ्चालन गर्ने।
चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्ज परिसरलाई चिकित्सा विज्ञानको उत्कृष्ट केन्द्रको रूपमा स्वायत्त पोस्ट ग्याजुएट इन्टिच्युट अफ मेडिकल साइन्सको रूपमा
विकास गर्ने।
केन्द्रीय पुस्तकालय तथा अन्य निकायहरूका पुस्तकालयहरूलाई सुविधा सम्पन्न बनाउन भ(ष्दिचबचथ को विकासमा जोड दिने।
विश्वविद्यालयका पुस्तकालयहरूको ल्भतधयचपष्लन गर्ने।
विश्वविद्यालयले दिँदै आएको उच्च शिक्षासम्बन्धी सेवालाई देशका ७५ वटै जिल्लामा पुर्याउन र देशव्यापी विश्वविद्यालयको सञ्जाल निर्माण गर्न हालसम्म सम्बन्धन वा आंगिक क्याम्पस नभएको मनाङ जिल्लामा औषधीजन्य वनस्पती एवं कृषिसम्बन्धी अनुसन्धान केन्द्र स्थापना गर्न पहल गर्ने।

प्रतिक्रिया दिनुहोस्