रुससँग राम्रो सम्बन्ध हुनुहुन्न भन्नेहरू बेबकुफ वा मूर्ख हुन्ः ट्रम्प



वासिङ्टन, (एजेन्सी)
अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग राम्रो सम्बन्ध राख्नु राम्रो भएको बताउँदै ‘बेबकुफ’ र ‘मूर्ख’ले मात्रै यसलाई नराम्रो भन्न सक्ने बताएको छ।

ट्रम्पले यस विषयमा ट्विट गरेका थिए। अन्यु दुईवटा ट्विटमा उनले भने– ‘हाम्रो अगाडि विश्वमा धेरै समस्या छन् र हामी एउटा अर्को थप्न चाहँदैनौं। म राष्ट्रपति बनेपछि रुसले अमेरिको अझ सम्मान गर्नेछ र सम्भवतः दुवै देश मिलेर विश्वका ठूला समस्या तथा मुद्दा सल्टाउने प्रयास गर्नेछ।’

उनको यो ट्विट अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपको मुद्दामा गुप्तचरले तयार पारेको प्रतिवेदन सार्वजनिक भएपछि आएको हो। प्रतिवेदनले प्रस्टरूपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्पलाई जिताउनका लागि आपैmले नै साइबर अभियान चलाउन आदेश दिएको उल्लेख गरेको छ।

शुक्रबार गुप्तचर विमागका प्रखुखले ट्रम्पको अगाडि उक्त प्रतिवेदनका तथ्यहरू प्रस्तुत गरेका थिए। त्यसपछि उनले रुसको नाम नलिईकन गुप्तचर विमागमा काम गर्नेहरूको आफूले धेरै इज्जत गरेको बताएका थिए।

प्रतिवेदनमा डेमोक्रइटिक नेसनल कमिटीको इमेल र पार्टीका ठूला नेताहरूको इमेल ह्याकिङ भएको उल्लेख गरिएको छ। ह्याकिङबाट प्राप्त जानकारी वितरण गर्नका लागि विकिलिक्स, डीसीलिक्सडटकम र गसिफर टुडटजिरो नामका ह्याकरको प्रयोग गरिएको जनाइएको छ। यसमा राज्य समर्थित प्रोपोगान्डाको प्रयोग गरिएको र सामाजिक सन्जालमा भद्दा टिप्पणीका लागि ट्विटर तथा ट्रोल प्रयागकर्तालाई पैसा दिइएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा रुसले ट्रम्पलाई प्रस्टरूपमा समर्थन देखाइरहेको उल्लेख गरिएको छ तर यो हिस्सालाई भने सार्वजनिक गरिएको छैन। ट्रम्पले डेमोक्रइटिक नेसनल कमिटीमाथि लापरबाही भएको आरोप लगाए र उनीहरूले नै आफ्नो सर्वर ह्याक हुन दिएको बताए। यसअघि शनिबार ट्रम्पले ट्विटमा लेखेका थिए– ‘गुप्चतर विभागले चुनावको नतिजालाई हेरफेर पार्ने कार्य भएको कुनै प्रमाण प्राप्त नभएको र मतदान गर्ने मेसिनलाई त छोएकै छैन भन्ने बताए।’

ट्रम्पले चुनावका क्रममा धेरैपटक आफूले रुससँग सम्बन्ध राम्रो बनाउन चाहेको बताएका थिए। उनले धेरैपटक अमेरिकी गुप्तचर विभागको अमेरिकी राष्ट्रपति चुनावका क्रममा रुसी ह्याकिङको दाबीमाथि प्रश्न उठाएका थिए।

प्रतिक्रिया दिनुहोस्