बिर्ता युथलाई फाल्गुनन्द गोल्डकप



गणेश साम्पाङ, पाँचथर

फिदिममा भएको आठौं फाल्गुनन्द गोल्डकपको उपाधि बिर्ता युथ क्लब झापाले उचालेको छ।
आइतबार सम्पन्न भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङलाई २–१ गोल अन्तरले हराउँदै उपाधिमाथि कब्जा गर्न सफल भएको हो। खेल शुरु भएको २७औं मिनेटमा झापाका योगेश गुरुङले डिबक्स छेउबाट गरेको प्रहारमा बलले जाली चुमेपछि खेलमा अग्रता लिएको थियो। एक गोलले पछि परेको ताप्लेजुङले दोस्रो हाफको ४१औं मिनेटमा रेजिन धिमालको फ्री किक गोलमा परिणत भएको थियो। निर्धारित समयसम्म बराबरी भएपछि थपिएको १५ मिनेट समयको पाचौं मिनेटमा बिर्तामोडका बुद्ध चेम्जोङले बललाई डिबक्सबाट बिपक्षीलाई छक्याउँदै गोलमा परिणत गरे। सोही गोल खेलको निर्णायकसमेत बन्यो।

विजेता बिर्ता युथ क्लबले नगद २ लाख ५० हजारसहित ट्रफी हात पारेको छ। यस्तै उपविजेता ताप्लेजुङले १ लाख ५० हजार प्राप्त गरे। आजको खेलमा म्यान अफद म्याचको पुरस्कार ताप्लेजुङका सुनिल बल तामाङ घोषित भए। यसरी नै व्यक्तिगत विद्याअन्र्तगत खेल अवधिभरका उत्कृष्ट खेलाडीमा झापाका योगेश गुरुङ, उत्कृष्ट डिफेन्समा झापाका देबेन्द्र तामाङ, मिड फिल्ड ताप्लेजुङका निराजन खड्का गोल किपर झापाका मनोज प्रधान उत्कृष्ट फरवार्डमा झापाका विवेक लिम्बू, उच्च गोल कर्ता झापाका कर्ण लिम्बू उत्कृष्ट प्रशिक्षक झापाका नरेन्द्र लिम्बू र उदयमान खेलाडीमा फिदिम स्पोटिङ क्लबका शरण बस्नेत घोषित भए। विजयी टिम तथा खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथी पाँचथरका पूर्वसभासद बसन्तकुमार नेम्बाङलगायतका अतिथिहरूले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्