केयूमा उपकुलपति लफडा: तीनसदस्यीय समितिको दुईवटा लिष्ट



समाचार स्रोतका अनुसार उपकुलपतिमा नाम सिफारिस भएका पाचै जना शक्ति केन्द्र धानउन थालेका छन् । पाच मध्य कस्को बढी सम्भावना छ त भन्ने बारेमा विश्वविद्यालयको एक उच्च स्रोतले भन्यो– अब राजनीतिज्ञ भ्रष्टाचारी भए भने जस्ले धेरै पैशा बुझाउन सक्छ उहि उपकुलपति हुन्छ, लल्पसारबादी भए भने लाजिम्पाटले जो भन्छ उहि हुन्छ । सिफारिस भएका पाचै जना प्राध्यापक डाक्टर भएपनि एकजान प्राध्यापक काम्रेड हुने निश्चित रहेको स्रोतको दाबी छ ।

(रामकृष्ण चापागाईं)/काठमाडौं, २४ पुस ।
काठमाडौं विश्वविद्यालयको उपकुलपति छनौटको लागि नाम सिफारिस गर्न गठित सर्च कमिटिले दुईवटा छुट्टाछुट्टै लिष्ट पठाएपछि कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपकुलपति कसलाई छनौट गर्ने भन्ने बारेमा अप्ठेरोमा पर्नुभएको छ ।

काठमाडौं विश्वविद्यालयमा मंसिर २६ गते नियुक्ति गर्नेुपर्ने उपकुलपतिको नाम सिफारिस गर्न गठित शिक्षामन्त्री धनीराम पौडेलको संयोजकत्वमा गठित तीन सर्च कमिटिले शुक्रवार एकजना उपकुलपति छनौट गर्न  ६ जनाको नाम सिफारिस  गरेको हो । मंसिर १३ गते गठित सर्च कमिटिका सदस्यद्धय विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्मा र संरक्षण समितिका अध्यक्ष दमननाथ ढुंगानाले तीन जनाको नाम र शिक्षामन्त्रीले तीन जनाको नाम छनौट गरि प्रधानमन्त्रीलाई सिफारिस गरेका थिए । जसमध्य यसअघि उपकुलपतिको चारवर्षे कार्यकालमा निकै बिबादित बनेका डा. रामकण्ठ माकाजु श्रेष्ठ दुवैको लिष्टमा परेका थिए ।

समाचार स्रोतले जानकारी दिए अनुसार शुक्रवार बसेको सर्च कमिटिको बैठकमा संयोजक शिक्षामन्त्री पौडेलले डा. भोला थापा, डा. डा. जनार्दन लामिछाने र डा. रामकण्ठ माकाजुको नाम सिफारिस गर्नु भएको थियो भने सदस्यद्धय ढुंगाना र शर्माले डा. रामकण्ठ माकाजु, डा. भद्रमान तुलाधर र डा. मनप्रसाद वाग्लेको नाम सिफारिस गर्नुभएको थियो । निर्धारित समयमा उपकुलपतिको लागि नाम सिफारिस गर्न नसकेर सर्च कमिटिको कार्यक्षमतामाथि नै प्रश्न उब्जनथालेपछि शुक्रवार झण्डै दुईघण्टा छलफल गरेर दुईवटा लिष्ट तयार पारेको स्रोतले जानकारी दिएको छ ।

सर्च कमिटिमा शिक्षा मन्त्री डा. जनार्दन लामिछानेलाई ल्याउनु पर्ने पक्षमा थिए भने सदस्यद्धय ढुंगाना र शर्मा डा. माकाजुलाई नै ल्याउनुपर्ने अडानमा थिए । सर्च कमिटिबाट पाँच जनाको नाम सिफारिस भएपछि चलखेल बढ्न थालेको छ । सर्च कमिटिले सिफारिस गरेको नाम मध्यबाट प्रधानमन्त्रीले उपकुलपति चयन गर्ने व्यवस्था छ । समाचार स्रोतका अनुसार उपकुलपतिमा नाम सिफारिस भएका पाचै जना शक्ति केन्द्र धानउन थालेका छन् ।

पाच मध्य कस्को बढी सम्भावना छ त भन्ने बारेमा विश्वविद्यालयको एक उच्च स्रोतले भन्यो– अब राजनीतिज्ञ भ्रष्टाचारी भए भने जस्ले धेरै पैशा बुझाउन सक्छ उहि उपकुलपति हुन्छ, लल्पसारबादी भए भने लाजिम्पाटले जो भन्छ उहि हुन्छ । सिफारिस भएका पाचै जना प्राध्यापक डाक्टर भएपनि एकजान प्राध्यापक काम्रेड हुने निश्चित रहेको स्रोतको दाबी छ ।

सिफारिस भएका पाच जना मध्य डा. माकाजु र लामिछाने आलोचित भएपछि विकल्पमा डा. भोला थापा र भद्रमान तुलाधर मध्य एकलाई उपकुलपति बनाउने सम्भावना रहेको बताइएको छ । डा. थापा अहिले रजिष्ट्रार तथा कार्यवहाक उपकुलपति हुन भने तुलाधर केयूकै पुर्व रजिष्ट्रार  हुन ।

प्रतिक्रिया दिनुहोस्