मदन स्मृति रंगशालाको उद्घाटन



काठमाडौं, (नेस)
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मदन स्मृति रंगशालाको शनिबार उद्घाटन गरेका छन् । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको अग्रसरतामा निर्माण सुरु गरिएको रंगशालाको तस्वीर अनावरण गरी अध्यक्ष ओलीले उद्घाटन गरेका हुन् । चन्द्रागिरी नगरपालिकाको ठूलो ढुंगामा स्थानिय वन उपभोक्ता समितिको स्वामित्वमा रहेको जग्गामा रंगशाला निर्माण थालिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले रंगशाला निर्माणको सुरुआत हुनु खेलकुदमा नयाँ अध्याय थपिनु भएको बताउदै सानो आकारमा निर्माण सुरु गरिएको रंगशालाले भविष्यमा ठूलो रुप लिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्