पाकिस्तानी राजदुत टी २० सम्पन्न



नेपाल समाचारपत्र
काठमाडौं
दोस्रो पाकिस्तानी राजदुत टी २० क्रिकेट प्रतियोगिता २०१७ शनिबार सम्पन्न भएको छ । कूल आठ क्लबको सहभागिता भएको प्रतियोगिताको उपाधि पीसी फाइटर्स क्लबले जितेको छ । हिजो भएको फाइनल खेलमा पीसी फाइटर्सले ग्रेट हिमालयन क्रिकेट क्लबलाई हराएको थियो । विजेता उपविजेतालाई युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले पुरस्कार वितरण गर्नु भएको थियो । प्रतियोगिता क्रिकेट तथा खेल गतिविधि बढावा दिन पाकिस्तानी दुतावासद्वारा आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्