गोप्य सम्बन्ध खोलिदिएपछि सम्बन्ध विच्छेद



ओमको दोस्रो पत्नी नन्दिता पुरीले लेखेको उनको जीवनी अनलाइकली हिरोः द स्टोरी अफ ओम पुरी बजारमा आएपछि उनको निजी जीवनमा भुइँचालो आएको थियो। त्यो पुस्तका ओमको थुप्रै महिलाका साथको सम्बन्धका बारेमा असली नामसहित आएपछि उनी तनावमा आएका थिए। पुस्तकमा उल्लेख गरिएअनुसार ओमले १४ वर्षको उमेरमा आफ्नो घरमा काम गर्ने महिलासँग यौन सम्बन्ध राखेका थिए।

ओमको बिरामी पिताको स्याहारमा रहेकी अर्की एक महिलासँग पनि उनको त्यस्तै प्रकारको सम्बन्ध रहेको पुस्तकमा चर्चा गरिएको थियो। ओमले त्यस समयमा नन्दिताले यो कुरा जगजाहेर गरिदिएर आफूलाई चाहनेहरुका बीच आफ्नो छवि बिगारिदिएको बताएका थिए। नन्दितासँग उनको सबैभन्दा ठूलो चित्त दुखाइ उनले घरमा काम गर्ने महिलासँग यौन सम्बन्ध राखिएको विषयलाई सार्वजनिक गरिदिएको भन्नेमा थियो। एक अन्तवार्तामा ओमले नन्दिताले उनको जीवनको पवित्र हिस्सालाई सुन्नै घटिया लाग्ने गरी गिराइदिएको बताएका थिए। रोचक कुरा यो छ कि नन्दिता ओमको जीवनमा तब आएकी थिइन्, जब उनी सिटी अफ जोयको सुटिङका दौरान उनको अन्तरवार्ता लिन पुगेकी थिइन्। दोस्ती बढ्दै जाँदा उनीहरु विवाह बन्धनमा बाँधिएका थिए। त्यसअघि ओमले अभिनेता अन्नु कपुरको बहिनीसँग बिहे गरेका थिए। तर, उनीहरुको दाम्पत्य जीवन लामो समयसम्म अगाडि बढ्न पाएन। नन्दिताले पुस्तक प्रकाशनमा ल्याएपछि ओमले आफूलाई एकपटक पनि सो पुस्तक नदेखाएको र आफ्नो विश्वास तोडिदिएको बताएका थिए। पछि नन्दिताले ओमलाई घरेलु हिंसाको आरोप लगाएकी थिइन्। यो मामला प्रहरीसम्म पुगेको थियो। त्यसपश्चात् उनीहरू अलग भएका थिए।

प्रतिक्रिया दिनुहोस्