आँखा नदेख्ने व्यक्तिलाई पनि शिक्षित गर्नुपर्ने



महोत्तरी, २१ पुस । आँखा नदेख्ने व्यक्तिलाई जसरी पनि शिक्षित गर्नुपर्नेमा विभिन्न वक्ताले जोड दिएका छन् ।
जिल्लास्थित नेत्रहीन सङ्घ एवम् संयुक्त अपाङ्ग कल्याण सङ्घले संयुक्त रुपमा यहाँ आयाजना गरेको २०९औँ लुइस ब्रेल दिवसको अवसरमा सहभागी वक्ताले दृष्टिबिहिन व्यक्तिलाई राज्य, समुदाय र सरोकारवाला निकायले शिक्षा प्राप्तिका लागि आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिएका हुन् ।

अहिले विश्वभरि नै प्रख्यात बे्रेल लिपिलाई हरेक समुदाय एवम् घरघरमा पु¥याइ शिक्षाबाट वञ्चित रहेकालाई शिक्षा प्रदान गर्नुपर्नेमा त्रिभुवन उच्च माविका शिक्षक सुमितकुमार साहले जोड दिनुभयो । नेत्रहीनलाई शिक्षा दिई उनीहरुलाई आत्मनिर्भर बनाउन अत्यन्त जरुरी रहेको साहको कथन थियो ।

गौशाला नगरपालिकाका वडा सचिव ईश्वरकुमार निरौलाले प्रत्येक वर्ष बजेटमा लक्षित वर्गका लागि छुट्याएको रकममध्ये नेत्रहीनको लागि सोही रकमबाट पठनपाठनको व्यवस्था समेत गरिनेमा जोड दिनुभयो । नेत्रहीनका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

नेत्रहीन सङ्घका केन्द्रीय सदस्य भविष्यकुमार झाले २०६८ सालमा महोत्तरीमा स्थापित भई महासङ्घसँग आबद्ध भएको संस्थाले अब विभिन्न किसिमको कार्यक्रम गाउँगाउँमा लिएर जाने बताउनुभयो ।

कार्यक्रममा पाँच दृष्टिबिहिनलाई सेतो छडी प्रदान गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्