बसबाट खसेर मृत्यु



 

गौशाला, २१ पुस । महोत्तरी जिल्लाको जलेश्वर बर्दिबास सडक खण्डमा बुधबार साँझ बसबाट खसेर सोनामाई–७ बस्ने ३० वर्षीय शिवनारायण चौधरीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बुधबार साँझ जलेश्वरबाट बर्दिवास जाँदै गरेको ज१ख ७७४ नंको यात्रु बसबाट कोल्हुवा बगेवा–९ स्थित बथनाहा गाउँमा बसको ढोकाबाट खस्दा चौधरी घाइते भएर उनको बायाँ खुट्टा भाँचिएको र टाउकामा गम्भीर चोटपटक लागेको छ ।

गम्भीर घाइते यादवलाई जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचार गराई थप उपचारका लागि बेलुका ६/७ बजेतिर अञ्चल अस्पताल जनकपुरमा लैजाँदै गर्दा उनको बाटामै मृत्यु भएको प्रहरी निरीक्षक रवीन्द्र खनालले बताउनुभयो । शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ ।

दुर्घटनाग्रस्त बस प्रहरीको नियन्त्रणमा छ । बसका चालक दुर्घटना भएलगत्तै फरार भएको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्