कागजमै सीमित जाजरकोट जिल्ला अस्पताल



(दिपेन्द्र शर्मा)/ जाजरकोट, १९ पुस ।
सेवा  सुविधा बिनै स्तरवृद्धि गरिएको जिल्ला अस्पतालको स्तरवृद्धि कागजमा मात्र सिमित भएको छ । जाजरकोटको जिल्ला अस्पताललाई स्तरबृद्धि गरे पनि सेवा सुविधामा वृद्धि गरिएको छैन ।

१५ शैया क्षमताको अस्पताललाई ५० शैयामा स्तरवृिद्ध गरेपनि नाममा मात्रै शैया वृद्धि भएको छ । काममा त कता हो कता एक सिनको पनि परिर्वतन भएको छैन ।  अस्पतालमा चाहीने जनशक्ति, प्रयाप्त औषधी, आवश्यक उपकरण तथा सेवा संचालन गर्ने भवनको ब्यवस्था नहुदा जिल्ला वासीले सास्ती खेपीरहेका छन । जिल्ला अस्पताल लाई स्तरवृद्धी गर पनि सरकारले सेवा प्रवाह सहित आवश्यक जनशक्ति पठाउन नसक्दा सरकारी निर्णय कागजैमा सिमित भएको हो ।

अस्पतालको स्तरबृद्धि कागजमै सिमित भए पछि जिल्लाका नागरिकले सहज सेवा पाउन सकेका छैनन ।  नामको ५० शैया भएको अस्पतालमा सामान्य शल्यक्रिया गर्न र सुत्केरी गराउन सक्ने अस्पतालसँग सामथ्र्य छैन । ५० शैयाको अस्पतालका लागी ६० भन्दा बढी कोठा भएको भवनको आवश्यकता पर्छ ।

१५ शैयाको पुराना जिर्ण भवनमा नै सेवा संचालन भइरहेको छ । १५ शैयाको अस्पतालका लागी २०३७ सालमा बनाईएका भवन जिर्ण र कोठा अप्रयाप्त हुदा शैया राख्न समेत नसकिएको जिल्ला अस्पताल जाजरकोटले जनाएको छ । जिल्ला अस्पतालका आफनै सुत्केरी गराउने भवन पनि अलपत्र अवस्थामा रहेको छ । निर्माण कार्यशुरु गरेको ६ वर्ष वितिसक्दा पनि अझै निर्माण हुन सकेको छैन ।

ठेकेदारको चरम लापरवाहीले जिल्ला अस्पतालको सुत्केरी गराउने भवनको निमार्ण कार्य अलपत्र परेको हो ।  सुविधा सम्पन्न भवनको निमाणर््ा कार्य अलपत्र हुदा सिस्नो भागो तथा झारपातले भित्र जान समेत नसक्ने भएको छ ।  निमार्णका लागी प्रयोग गरिएका पिलरका सरिया भन्दा भवनभित्र उम्रेका बिरुवा अग्ला भएका छन । काम नगर्ने ठेकेदार लाई कारवाही नहुदा जिल्ला अस्पतालको उक्त भवन अहिले सम्म पनि निमार्ण हुन सकेको छैन ।

जाजरकोट बासीलाइ अस्पतालले सामान्य शल्यक्रिया गर्न र सुत्केरी गराउन नसक्दा हजारौ खर्चेर जिल्ला बाहिर जानु पर्ने बाध्याता रहेको छ । २०७२ असोजको मन्त्रीपरिषदको बैठकले जाजरकोट अस्पताललाइ १५ शैयाको जिल्ला अस्पताल वाट स्तरबृद्धि गदै ५० शैयाको बनाउने सरकारले निर्णय गरेको थियो  । अस्पतालको स्तरबृद्धि सँगै १ जना मेसु सहित ९ जना विशेषज्ञ चिकित्सक, चार जना मेडिकल अधिकृत र अन्य सहायक स्तरका स्वास्थ्यकर्मी सहित ५९ जना स्वास्थ्यकर्मीको दरबन्दी  कामय गरी सरकारले अस्पतालको स्तर बृद्धि गरेको थियो ।

अहिलेसम्म कुनै पनि विशेषज्ञ अस्पतालमा आएका छैनन । हाल ४ जना मेडकल अधिकृत स्थायी तथा २ जना करारमा काम गरिरहेको जाजरकोट जिल्ला अस्पतालका निमित्त प्रमुख डाक्टर चादनी जयसवाले बताउनु भयो । अस्पतालको स्तरवृद्धी गरेपनि आवश्यक पुर्वाधार विना विशेषज्ञ सेवा प्रदान गर्न नसकिने डा.जैसवाल वताउनु भयो ।

भवन नहुदा सेवा संचालनमा ल्याउन कठिनाई भैरहेको तथा अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालय एकै ठाँउमा संचालित हुँदा पनि सेवा प्रवाहमा समस्या परिरहेको जयसवालको भनाई छ । यस अघि  डाक्टर  र अन्य स्वास्थ्यकर्मीहरु गरि जम्मा २३ जना जनशक्ति रहेको जाजरकोट अस्पतालमा  सैया वृद्धि संगै  ५९ जनाको दरवन्दी कायम गरिएको छ । जसमा  प्रथम श्रेणीको  १ जना मेडिकल सुपेरिन्टेन्डेन्ट, ८ जना  द्धितीय श्रेणीका विशेषज्ञहरु, ४ जना मेडिकल अधिकृतहरु, ५ जना स्वास्थ्य सहायक, ६ जना स्टाफ नर्स, ६ जना अनमी, र ११ जना कार्यालय सहयोगी लगाएत अन्य स्वास्थयकर्मीहरुको दरवन्दी सृजना गरिएको जिल्ला  स्वास्थ्य कार्यालय    जाजरकोटका जनाएको छ ।  भौतिक पुर्वाधार र प्राविधिक साधनको अभाव भएका कारण  ४ जना मेडिकल अधिकृत वाहेक अन्य विशेषज्ञहरु जिल्लामा तत्काल आउन नसक्ने उहाँको भनाई ।

स्तरबृद्धि सँगै फिजिसियन, सर्जन, स्त्रीरोग, बालरोग, हाडजोर्नी, मानसिक, बेहोस बनाउने, दाँतरोग र रेडियोलोजिस्ट गरी ८ जना विशेषज्ञ सेवा संचालनका लागी दरबन्दी कायम गरिएको छ । अस्पतालको स्तर बृद्धिसँगै जाजरकोटका साथै छिमेकी  रुकुम सल्यान, डोल्पा लगायतका जिल्लावासीले समेत विशेषज्ञ सेवा पाउने अपेक्षा गरिएको थियो ।

तर सरकारले अहिले सम्म पनि जिल्ला अस्पालको प्रमुख  मेडिकल सुपेरिन्टेन्डेन्ट पठाउन नसक्दा विभिनन काम कारवाहीमा समस्या परेको छ । ५० शैयामा स्तरवृद्धी भएपछि जनस्वास्थ्य र अस्पताल अलग हुनु पर्नेमा भएको छैन । अस्पतालको प्रमुख नहुदा अस्पतालको सुद्धीढीकरणको रकम समेत खर्च हुन सकेको छैन । प्रमुख मेसु नहुदा असपतालमा अप्रेशन थ्रेडर, फार्मेशी सेवा संचालन गर्न नमिलेको तथा कर्मचारी परिचालनमा समेत समस्या हुने गरेको  डाक्टर जैयसवालले वताइन ।

जिल्ला अस्पतालको स्तरवृद्धी भए पछि चार पटक मन्त्रालय र स्वास्थ्य सेवा विभागमा आधिकारीक रुपमा एक जना लाई प्रमुखको जिम्मेवारी तोकी दिन पत्रचार गर्दा पनि सुनुवाई नभएको डाक्टर जैयसवालको गुनासो छ । मन्त्रालय र स्वास्थ्य सेवा विभागले अस्पतालमा प्रमुख पनि नपठाएको  कसैलाई प्रमुखको काम गर्न जिममेवारी नदिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्