झन्डै तेइस लाख जनतालाई सामाजिक सुरक्षा भत्ता दिने



काठमाडौँ, १९ पुस । केन्द्रीय पञ्जीकरण विभागले आर्थिक वर्ष २०७३÷७४ मा २२ लाख ८९ हजार २८२ लाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ ।
विभागले ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिक, दलित र कर्णाली अञ्चलका ६० वर्ष नाघेका ज्येष्ठ नागरिक, एकल महिला, विधवा, लोपोन्मुख जाति, अपाङ्ग भएका व्यक्ति र दलित तथा कर्णाली अञ्चलका पाँच वर्ष नपुगेका बालबालिकालाई समेत सामाजिक भत्ता दिन लागेको हो ।

जसमा ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकलाई भत्ता रु एक हजार र औषधि उपचारका लागि रु एक हजार गरी मासिक रु दुई हजार दिनेछ भने दलित र कर्णाली अञ्चलका ६० वर्ष नाघेका ज्येष्ठ नागरिक, एकल महिला, विधवा, लोपोन्मुख जातिलाई मासिक रु एक हजार दिइनेछ ।
यस्तै अपाङ्गता भएका व्यक्तिको हकमा पूर्ण अपाङ्ग ९रातो कार्ड० प्राप्त गरेकालाई रु दुई हजार र अति अशक्त ९निलो कार्ड० प्राप्त गरेकालाई रु ६०० दिइनेछ । यसैगरी दलित र कर्णाली अञ्चलका पाँच वर्ष उमेर नपुगेका बालबालिकालाई मासिक रु ४०० दिइनेछ ।
विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदीले विभागले सामाजिक सुरक्षा भत्ताका लागि रु ३२ अर्ब ६९ करोड ९९ लाख ९९ हजार रकम छुट्याएको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्