बाँकेमा ‘आमा बचाउ’ अभियान



बाँके, (नेस)
वर्षेनी २७ जनासम्म सुत्केरी र अढाइ सय शिशुको मृत्यु हुने गरेपछि बाँकेमा ‘आमा बचाउ अभियान’ थालिएको छ। चारवटा शल्यक्रिया सुविधायुक्त ठूला अस्पताल र ३४ वटा प्रसूति केन्द्र स्थापना भए पनि सुत्केरी र शिशु मृत्युदर औसतभन्दा धेरै भइरहेपछि बाँकेमा पहिलो पटक आमा बचाउ अभियान शुरू गरिएको हो।

सरकारले आमा सुरक्षा तथा परिवार नियोजन कार्यक्रम सञ्चालन गरेर करोडौं खर्च गरिरहेको छ। त्यसका बाबजुद चालु आर्थिक वर्षकै साढे पाँच महिनामा १२ जना सुत्केरी र मंसिर एक महिनामै २२ शिशुको मृत्यु भएपछि घरघरमै पुगेर गर्भ, पिसाब, रक्त र सुत्केरी जाँचदेखि बालविवाह रोक्ने, नवविवाहित दम्पतीलाई प्रजनन स्वास्थ्यबारेमा अन्तरक्रिया, विद्यालयहरूमा स्वास्थ्य कार्यक्रम सञ्चालन र पोषणसम्बन्धी कार्यक्रमलाई आमा बचाउ अभियानसँगै अगाडि सारिएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका प्रमुख खिमबहादुर खड्काले सामाजिक, आर्थिक, शैक्षिक अवस्था, लैंगिक विभेद, छिटो गर्भवती, छिटो र धेरै बच्चा जन्माउने, पोषणको अवस्था अत्यन्तै नाजुक, कमजोर वातावरण तथा व्यक्ति सरसफाइले गर्दा सुत्केरी र शिशु मृत्युदर बढेको बताउनुभयो। उहाँका अनुसार जिल्लाको दक्षिणी गाउँ र नेपालगन्ज उपमहानगरपालिका आसपासमै बढी आमा र शिशुको मृत्यु भएको छ। मृत्यु हुनेमा मधेसी र मुस्लिम समुदायका धेरै रहेका छन्।

यसो गरे खतराः बाजुराको बडिमालिका नगरपालिका–९ चुथीमा सोमबार दिउँसो घर बनाउनका लागि रड गाड्दा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । करेन्ट लागेर बढिमालिका गरपालिका–९ तलगाउँका चन्द्र लवारको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुई घाइते भएका थिए । छडले माथि रहेको बिजुलीको तारलाई छोएको थियो । तस्वीरः दयाराम पण्डित, बाजुरा ।

प्रतिक्रिया दिनुहोस्