‘पिच्च’तिर संसद



नेताज्यूहरूको हर्कत देखेर कहिलेकाही धराहरालाई दिक्क लाग्ने गरेको छ । जिम्मेवार नेता तथा मन्त्रीहरूले गर्ने हर्कतले अनौठो र लाजमर्दो दृश्य पनि देख्नुपर्छ यो दुनियामा । हिजो सोमबार व्यवस्थापिका संसद्मा अनौठो दृश्य देख्न पर्यो ।

संसद् चलिरहेको बेला शहरी विकास मन्त्री तथा काँग्रेस नेता अर्नुननरसिंह के.सीले व्यवस्थापिका संसद्भित्रै मुखमा चपाइरहेको केही चिज पिच्च भुईमा फालेको देख्दा नेपालीहरूको सभ्यताको बडो राम्ररी उपहास गरेको देखिन्छ । व्यवस्थापिका संसदजस्तो गरिमामय संस्थाभित्र एकजना जिम्मेवार मन्त्रीले यसरी थुक्नु कति सम्मको जायज होला ? यहाँ एउटा जटिल प्रश्न उठ्छ ।

मन्त्रीको यो हर्कतले सिङ्गो व्यवस्थापिका संसद्को गरिमाको धज्जी उडाएको भन्ने समेत धेरै देखिए । कोही निदाउने, कोही मोबाइलमा च्याट गर्ने ,कोही के के हेर्ने ? यस्तो भएपछि त कसरी रहला र संसदको गरिमा ? संसदको गरिमालाई नै पिच्चमा सिमित गरिएको हो भने त केही भन्नुपनि नरहला ? कि कसो पाठकबृन्द ?

प्रतिक्रिया दिनुहोस्