गुल्मीमा संशोधन प्रस्तावको बिरुद्धमा कालो झण्डा सहित प्रर्दशन



गुल्मी पुस १८ ।  सरकारले संबिधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएर दर्ता गरेको संशोधन प्रस्तावको बिरोधमा गुल्मीमा कालो झण्डा सहित प्रर्दशन भएको छ । सरकारले संशोधन प्रस्ताव अगाडी बढाउने संकेत गरेपछी सोमबार संयुक्त संघर्ष समिति गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा नागरिकहरुले हातमा कालो झण्डा लिएर बिभिन्न नाराबाजी सहित प्रर्दशन गरेका छन् ।

बिरोध कार्यक्रमको ३४ औं दिनको कार्यक्रम अनर््तगत तम्घास बजार बिभिन्न स्थान सगै जिल्ला प्रशासन कार्यालय गुल्मी अगाडी कालो झण्डा सहित प्रर्दशन भएको हो । विरोध कार्यक्रममा ‘सिमांकन हेरफेर गर्न पाइँदैन, पाँच नम्बर प्रदेश टुक्राउन पाइँदैन, राष्ट्रघाति प्रस्ताव फिर्ता गर, हाम्रो आन्दोलन जारी छ, जस्ता नाराहरु लगाउँदै बिरोध गरेका छन् ।

प्रर्दशन पछी कोणसभामा बोल्ने अधिकांश नेताहरुले सिमाङकन हेरफेरको प्रस्ताव अगाडी आन्दोलनका कार्यक्रमहरु पनि थप शसक्त रुपमा अगाडी बढने बताए । पाँच नम्बर प्रदेशलाई टुक्रिनबाट बचाउन सबैदल दृढताका साथ अघिबढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरुले जनताको भावना माथि खेलवाड नगरि अबिलम्ब प्रस्ताव फिर्ता लिएरअगाडी बढन सरकारलाई आग्रह गरेका छन् ।

गुल्मीको आन्दोलनमा उद्योग वाणिज्य संघ,पत्रकार महासंघ, नागरिक समाज, नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चा, अखण्ड नेपाल, नयाँ शक्ति, परिवार दल लगायत ११ दलको समर्थन र ऐक्यबद्धता रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्