१२ वर्षपछि नयाँ जिवन पाईन् महामतीले



(विमल विष्ट)/ डोटी, १८ पुस ।

डोटीको पश्चिमी क्षेत्रमा पर्ने खातिवाडा गाबिस वडा–८ की महामती साउँद आज भोली निकै खुसि भएकी छन् । उनका श्रीमान् भागीको ज्यान हलुङ्गो भएको छ । उनी शैलेश्वरी अस्पतालका डाक्टर जेपी गुप्तालाई दिनहुँ आर्शिवाद दिइरहन्छीन् ।

डाक्टर गुप्ताले दिएको नया“ जीवन पाएकी छु“, मलाई बहुला पागल भन्नेहरु आज भोली गाली गर्दैनन् होला नि ? भन्दै उनले भनिन् ‘म पागल छैन अब ।’

झण्डै बाह्र वर्ष मानसिक रुपमा प्रताडीत महामती साउँद उपचारपछि स्वस्थ भएकी छन् । उनका आफन्तका अनुसार उनले पहिला रातभर बर्बराउने, कराउने, ढुंगामुढाले हान्ने, लुगा च्यात्ने ब्यवहार गर्थिन् । गाउघरमा कसैले भुतप्रेत लागेका,े कसैले देउता रिसाएको भने पछि उनका श्रीमान भागीले दुई पटक बोका चढाए, कयौं पटक कुखुराको भाले पनि काटे ।

देउ पित्तर (धामी झाँक्री) सबैको पुजाआजा गरे पनि महामतीलाई सञ्चो भएन । गएको पुस १ गते उनका श्रीमान्ले उपचारका लागि महामती लाई दिपायल ल्याए । शैलेश्वरी अस्पतालका डाक्टर गुप्ताको टोलीले मेडिसिन पद्धतीबाट १५ दिनसम्म उनको नियमीत उपचार ग¥यो ।

अहिले उनी स्वस्थ भएर घर फर्किएकी छन् । ‘उपचारका लागि त्यहा“ लैजादा चाँर जनाले हात खुट्टा बाधेर लगेका थियौं’, उनका श्रीमान् भागिले भन्नु भयो –‘ देवी देउता भाकेर पुजेर थाके पछि मैले अस्पताल लिएर गएको हु“, उनलाई सञ्चो भएपछि खुसीको सिमा छैन ।’

कुनै बेला क्षेत्रीय सदरमुकाम दिपायलका बजारमा नाङ्गै हिडिरहेका खातीवाडा पुनेबाटाका हरी कठायत पनि आजभोली रिभरसाइडमा वेटरको काम गरिरहेका छन् । उनी मानसिक रुपमा पुरै बिक्षिप्त भएका थिए । ढुंगामुढा हान्ने, गालीगलौच गर्ने, नाङ्गै हिड्ने गरिरहन्थे । गएको साउन १३ गते खातीवाडाका युवा राजेन्द्र खड्काले उनलाई जीपमा हालेर उपचार गर्न ल्याएका थिए । उनको पनि दुई महिनाको लामो उपचार पछि स्वास्थ्य अवस्था सामान्य भयो । खातीवाडा गाबिसले उनको उपचार खर्चको केही रकम बेहो¥यो । स्वस्थ्य भएपछि उनी अहिले जागिर गरिरहेका छन् ।

हाम्रो समाजमा अहिले पनि मानसिक अवस्था गुमाउनेलाई शारीरिक रुपमा भएका बिरामीभन्दा फरक रुपले हेर्ने प्रबृती छ । देबीदेउताका भरमा पर्ने, झारफुकमा बढी बिश्वास राख्नाले मानसिक रोगीको अवस्था जटिल बन्दै गएको छ । मानसिक सन्तुलन गुमाउनेहरुको उपचार हुन सक्दैन भन्ने धारणा धेरैमा छ । डोटीमा अझै कयौं यस्ता बिरामी गाउघरमा उपचारबाट बञ्चित भएका प्रसस्त उदाहरण छन् ।

शैलेश्वरी अस्पतालका डाक्टर जेपी गुप्ता मानसिक रोगीहरुको उपचार सम्भव रहेको तर्क गर्नुहुन्छ । ‘मानसिक रोगी दुई चरणका देखिन्छन्’,डाक्टर गुप्ताले भन्नु भयो –‘एउटा म्यानिक फेज र अर्को डिप्रेसिक फेज । म्यानिक फेजमा रुने, कराउने, मानिसलाई नचिन्ने हुन्छ भने डिप्रेसिक फेजमा चाडै आक्रोसित हुने,खाना नखाने, एकान्त मन पराउने हुन्छ । यि दुबैको हामीले सहजै उपचार गर्न सक्छौं ।’

शैलेश्वरी अस्पतालले मानसिक अवस्था गुमाएका बिरामीहरुका लागि टेलीमेडिसिन पद्धतीबाट उपचार सेवा सुरु गरेको छ । शैलेश्वरीका संञ्चालक तथा एमडि आइजङ्ग कुँवरले कोहलपुर मेडिकल कलेजका मानसिक रोग बिशेषज्ञ डाक्टर मोहन बेलबासे संगको सहकार्यमा नियमीत रुपमा दिपायलमै उपचार गर्न सकिने बताउनु भयो ।

उहाँ प्रत्येक महिनाको दुईपटक बिरामी चेकजाचका लागि शैलेश्वरी अस्पताल दिपायलमा आउने गर्नुहुन्छ । डोटीमा मानसिक रोगीहरुको संख्या अत्यधिक रहेको त्यस क्षेत्रमा काम गर्दै आएको सिड नेपालको एक तत्थ्यांकले देखाएको छ । सिडनेपालले जिल्लाको मुडेगाउ, मुडभरा र सानागाउ गाबिसमा मानसिक रोथगीको क्षेत्रमा काम गरिरहेको छ ।

गतवर्षको तथ्यांक अनुसार तीन गाबिसमा २ सय ४ जना मानसिक रोगी रहेको सिड नेपालका अध्यक्ष शेरबहादुर मल्लले बताउनु भयो । उहाँले गाउमा यसको उपचारबारे जानकारी नभएर थुप्रै बिरामीहरु घरमै बस्ने गरिरहेको जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्