तीन दलको बैठकले निष्कर्ष निकाल्न सकेन



काठमाडौं, १८ पुस ।
केहिबेर अघि बसेको प्रमुख तीन दलको बैठक आज पनि निष्कर्षविहीन भएको छ ।राजनीतिक गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्रि कार्यालय सिंहदरवारमा बसेको बैठकमा शीर्ष नेताहरु आ–आफ्नै अडानमा बसेपछि बैठक निष्कर्षविहिन बनेको हो ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने अडान दोहोर्‍याउनु भएको थियो । उहाँले बैठकपछि पनि पत्रकारहरुसँग कुरा गर्दै संशोधन प्रस्ताव फिर्ता भए सहमति हुने बताउनुभयो।

यसैगरी नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सहमतिको प्रयास जारी राख्ने बताउनुभएको छ । प्रमुख प्रतिपक्ष एमालेसहितका नौ विपक्ष दलले संसदमा दर्ता संशोधन प्रस्ताव फिर्ता नभएसम्म सदनको अबरोध जारी राख्ने निर्णय गरेका छन्। दलहरु आ–आफ्नै अडानमा रहँदा राजनीतिक गतिरोध लम्बिएको छ।

प्रतिक्रिया दिनुहोस्