गोरखाको स्वाँरामा ३९४१ थान विस्फोटक पदार्थ भेटियो



गोरखा नेस / गोरखाको स्वाँरा गावि ९ को थला जंगलमा ३९४१ थान विस्फोटक पदार्थ लुकाएर राखेको अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी विरेन्द्र थापाले जानकारी दिए । जंगलमा बोरामा पोका पारेर ढुङ्गाले चेपेर राखेको अबस्थामा अवस्थामा दुई बोरा डेटोनेटर र विस्फोटक पदार्थ बनाउन प्रयोग हुने तारहरु भेटिएको स्वाँराकी स्थानीय सलिना गुरुङ्गले जानकारी दिईन् ।

आइतबार दिउँसोे स्थानीयहरु जंगलमा गोठालो गएका स्थानियहरुले शंकास्पद पदार्थहरु देखेपछि गाउँमा आई प्रहरीलाई खबर गरेको डिएसपी थापाले बताए ।  दुई वर्ष अघि पनि सोही जंगलमा एक्कासी विस्फोटक पदार्थ विस्फोट हुँदा केहि स्थानीयहरु घाइते भएका थिए ।

उक्त पदार्थहरु द्वन्द्वकालमा माओवादीले लुकाएर राखेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । विस्फोटक पदार्थ भेटिएको जंगलमा प्रहरी गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्