नेपाली पे्रस तथा अभिव्यक्ति स्वतन्त्रतामा सन् २०१६ः विगतको तुलनामा केही सुधार



काठमाडौं, १७ पुस ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको दृष्टिकोणले सन् २०१६ मा विगतका वर्षको तुलनामा केहि हद सुधार भएको पाइएको छ । स्न २०१५ मा तराई मधेश आन्दोलन तथा विभिन्न संघसंगठनको आन्दोलनका कारण मिडियामाथि आक्रमणका घटना अधिक देखिएकोमा विगतको वर्षभन्दा यो वर्ष प्रेस स्वतन्त्रता हनन्का घटनामा कमी देखिएको हो ।

यो वर्ष प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतका हनन्का ५६ वटा घटना महासंघको मडिया मोनिटरिङ्ग इकाईमा दर्ता भएका छन् । जसमध्ये १० जना पत्रकारहरू पत्रकारिताको क्षेत्रमा क्रियाशिल रहँदा विभिन्न समयमा पक्राउ परेका छन् भने १० जना पत्रकार आफ्नो कार्यक्षेत्रमा क्रियाशील रहँदा विभिन्न व्यक्ति तथा समुदायबाट आक्रमणमा परेका छन् ।

त्यसैगरी सन् २०१६ मा १५ जना पत्रकारहरूलाई दुव्र्यवहार गरिएको र ४ सञ्चारसंस्थामा आक्रमण भएको महासंघ मिडिया मोनिटरिङ्ग एकाईमा दर्ता भएको छ । २ जना पत्रकारका सञ्चार सामग्री तोडफोड भएको छ भने २ वटा सञ्चारगृहलाई राजनीतिक दलले नियन्त्रणमा लिइ आफ्नो सम्पर्क कार्यालय स्थापना गरेका छन् ।

त्यस्तै ५ जना पत्रकारलाई धम्कीका आएको थियो भने पत्रकारिताको विषयलाई लिएर प्रहरीले ५ जना पत्रकारलाई नियन्त्रणमा लिएको महासंघको अभिलेखमा देखिन्छ । एक सञ्चारमाध्यलाई धम्की, एक रेडियोको प्रसारणमा अवरोधको पु¥याइएको छ भने १ जना पत्रकारलाई जागिरबाट निष्काशन गरिएको छ ।

यी माथिका घटनाहरु २०१६ का केही मुख्य प्रेस स्वतन्त्रता हनन्का घट्नाहरू रहेका छन् । माथिका घट्ना श्रृंखलाले नेपाली प्रेस जगत धम्कीपूर्ण तथा असुरक्षित रहेको देखाउँदछ । विभिन्न राजनीतिक पार्टी तथा संघसस्थाले गरेको विरोधको समयमा प्रहरी प्रशासनबाट भएको आक्रमण तथा अन्य व्यक्तिबाट भएको आक्रमणले सरकाबाटै नेपाली प्रेस असुरक्षित र अपहेलित भएको देखाउँदछ ।

प्रेस स्वतन्त्रता हनन्का घट्नाभन्दाबाहेक नेपाली पत्रकारिताको जगतमा केही खुसीका काम समेत भएका छन् । नेपाल पत्रकार महासंघको लामो समयको दबाबपछि नेपाल सरकारसंगको सहकार्यामा पत्रकार दुर्घटना वीमा सुरु भएको छ । जसअन्र्तगत पहिलो तथा दोस्रो चरणमा १४७१ ज्ना पत्रकाहरूले सुविधा लिएका छन् भने तेस्रो चरणको पत्रकार दुर्घटना बीमाको नामावली सङ्कलन सुरु भैसकेको छ । साथै, पत्रकारहरुको उपचारका लागि सरकारी अस्पतालमा ५० प्रतिशत सहुलियतको घोषणा भएको छ यद्यपि सोको कान्र्यावन हुन भने बाँकी रहेको अवस्था छ । यस्तै यही अवधिमा नयाँ आमसञ्चार नीति पनि जारी भएको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले यो वर्ष नेपाली प्रेस जगतमा केही नीतिगत सुधार र प्रेस स्वतन्त्रताका दृष्टिले केही नयाँ कामहरू हुनु सकारात्मक पक्ष रहेको बताउनु भएको छ । उहाँले पत्रकार र सञ्चारमाध्यमको भौतिक सुरक्षा, पत्रकारको पेशागत सुरक्षा, दण्डहीनताको अन्त्य र सेल्फसेन्सरसीपको अन्त्यका निम्ति सम्बन्धित निकायले गम्भीरतापूर्वक कार्य गर्न जरुरी रहेको औंल्याउनु भएको छ ।
नेपाल पत्रकार महासंघ, मिडिया मोनिटरिङ्ग एकाईको प्रतिवेदनमा आधारित

प्रतिक्रिया दिनुहोस्