दोलखाको उच्च भेगमा हिमपात



(चिरञ्जीवी मास्के)/दोलखा, १७ पुस ।

दोलखाको उच्च हिमाली भेगमा हिमपात भएको छ । दोलखाको कालिञ्चोक, शैलुङ, खरीढुङ्गा, च्र्योदुङ लगाएतको उच्च भेगमा हिमपात भएको स्थानियले बताएको छ ।

जिरीकै पटासे, ठूलोढुङ्गा, काप्ती, हनुमन्ते लगाएतको क्षेत्रमा समेत हिमपात भएको स्थानियले बताएका छन् । हिमपातका कारण चरिकोट, जिरी, कालिञ्चोक लगाएतको क्षेत्रमा जाडो बढेको छ ।

भुकम्पका कारण टहरामा बसेका ग्रामीण क्षेत्रका बुढा बुढी तथा बालबालिकाहरु हिमपात पछि बढेको चिसोले प्रभावित भएको स्थानियको भनाई छ ।

दोलखाको उच्च भेगमा हिमपात भएपनि आवागमन तथा अन्य कुरा भने प्रभावित नभएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रविन कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्