जनप्रदर्शनका तयारी गर्न सांसदलाई निर्देशन



जनप्रदर्शनमा ९ सय स्वयम्सेवकहरु परिचालन हुने

काठमाडौं, १७ पुस ।
नेकपा (एमाले) सहितका ९ राजनीतिक दलले यही पुस २२ मा राजधानीमा गर्ने जनप्रदर्शनका तयारीका लागि सांसदहरुलाई निर्देशन दिएको छ ।

एमाले पार्टी कार्यलय धुम्बाराहीमा आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । जनप्रदर्शनको तयारीका लागि नेकपा (एमाले) व्यवस्थापिका संसदका सदस्यहरुलाई आ–आफ्नो जल्ला कमिटी तथा सम्पर्क कमिटी र मञ्चहरुसँग समन्वय गरी तयारीको काममा जुट्न निर्देशन गरेको हो ।

पार्टी महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा जनप्रदर्शनका तयारीको सन्दर्भमा भएका कामहरुको समीक्षा गर्दै यसबीचमा मातहत कमिटी तथा संगठनका भेला, बैठक, प्रशिक्षणसहितका तयारी कामहरु अघि बढिरहेको जारी प्रेस वक्तव्यमा उल्लेख छ ।

त्यसतै गरी बैठकले पुस २२ मा हुने जनप्रदर्शन तथा त्यसभन्दा अघिका तयारीका सिलसिलामा तोकिएका नाराहरु मात्र प्रचार–प्रसार गर्न र प्रदर्शनलाई मर्यादित र व्यवस्थित बनाउन सम्पूर्ण पार्टी कमिटी तथा सदस्यहरुलाई अपिल गरेको छ ।

जनप्रदर्शनलाई व्यवस्थित गर्न ५ सय स्वयम्सेवकहरु परिचालन गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्