लागुऔषध सहित जोर्डन नागरिक पक्राउ



काठमाडौं, १७ पुस ।
लागुऔषध सहित जोर्डनका नागरिक पक्राउ परेको छ । महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले शनिबार ठमे २९ वर्षीय नोर अल्बेन महमद हमासलाई  पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट एमजि एमए नामक लागू औषध २ सय ३० ट्याव्लेट समेत बरामद गरेको छ ।

यसैगरी स्कुटरको डिक्की भित्र लुकाई छिपाई ल्याएको लागूऔषधसहित काठमाडौं गोकर्णेश्वर नगरपालिका–१३ नयाँबस्ती बस्ने २७ वर्षीय जोन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

बा ५२ प २५८३ नम्बरको स्कुटरको डिक्की भित्र लुकाई छिपाई ल्याएको लागूऔषध डाईजोपाम ट्याब्लेट १३ थान, बुफ्रिन १३ थान, फेनागन १३ थान र मोवाइल३ थान बरामद गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्