टेलिकमको फोर जी सेवा सुरु



काठमाडौं, १७ पुस ।
नेपाल टेलिकमले आइतबारबाट फोर जी सेवा सुरु गर्ने भएको छ।

राजधानीमा आज आयोजित विशेष समारोहकाबीच संचारमन्त्री सुरेन्द्रबहादुर कार्कीले फोर जी सेवा संचालनको सुभारम्भ गर्ने भएको हो।

फोर जी सेवा सुरु भएपछि टेलिकमका ग्राहकहरुले ३२ दशमलव ४ एबिपिएसको गतिमा इन्टरनेट चलाउन सक्ने टेलिकमले जनाएको छ । पछि टेलिकमले ८० एमबिपिएसको गतिमा इन्टरनेट चलाउन सक्ने गरी काम भइरहेको जनाएको छ।

नेपाल टेलिकमका सबै सिमकार्डलाई फोर जी सेवाको लागि भेरिफाइड गर्न असम्भव भएकोले निश्चित अवधि अगाडि बाँडिएका सिमकार्डलाईमात्र त्यस्तो सेवाको अनुमति हुने एक प्राविधिकले जानकारी दिए।

‘फोरजी सेवा चलाउनको लागि प्रयोगकर्तासँग ‘ कम्प्याटिबल ’ सिम हुनुपर्छ’ ति प्राविधिकले भने, ‘टेलिकमका सबै सिम त्यस्ता छैनन्।’

उनका अनुसार टेलिकमका चार वर्षभन्दा अगाडि वितरण भएको सिमकार्डमा फोरजी सेवा नचल्ने तर त्यही नम्बरको अपग्रेड सिम टेलिकमले उपलब्ध गराउने छ। नेपालमा हाल रहेको मोबाइल प्रविधि ‘टुजी’ तथा ‘थ्रीजी’ को परिस्कृत तथा आधुनिक स्वरुप फोरजी हो। यो प्रविधि थ्रिजी प्रणालीभन्दा १० गुणा छिटो चल्दछ।

यी एन्ड्रोइड मोबाइल सेटहरुमा फोरजी सपोर्ट गर्छः

सामसुङ
हुवावे
माइक्रोम्याक्स
जियोनी
सायोमी
इन्टेक्स
जेटटिई
सोनी
एचटिसी
लाभा
कर्लस
ओप्पो
पानासोनिक
मेजु
वन प्लस

प्रतिक्रिया दिनुहोस्