माझफाँटमा सुन्तलाको उत्पादन बढ्यो, कृषक हर्षित



पर्वत ने स /जिल्लाको माझफाँट गाविसमा सुन्तलाको उत्पादन यस बर्ष बढेपछि कृषकहरु हर्षित बनेका छन् ।

गत बर्षको तुलनामा यस बर्ष सुन्तलाको उत्पादन तेब्बरले बढेको स्थानीय कृषकहरु बताउँछन् । जिल्लाकै देउपुर गाविसमा असिनाका कारण सुन्तलाका कृषक आफै सुन्तला किनेर खानुपर्ने बाध्यतामा रहेको समाचार बाहिर आइरहेको बेलमा माझफाँटमा भने सुन्तला उत्पादन गत बर्षको तुलनामा बढेको हो ।

माझफाँटको ब्राह पुर्नगाउँ चिनाखेत सुन्तला कृषि सहकारीका अध्यक्ष याम बहादुर कार्कीले गाउँमा यस बर्ष गत बर्षको तुलनामा तेब्बर सुन्तला उत्पादन हुने बताए । ५ रोपनीमा १ सय १२ वटा बोट सुन्तला लगाएका उनले यस बर्ष गत बर्षको तुलनामा तेब्बर पैसा पर्ने बताए । घरआगन मुनि रहेको उनको सुन्तला बगैचा देखाउदै कार्कीले भने गत बर्ष १८७ क्रेट सुन्तला विक्रि गरेको थिए अहिले ४ सय क्रेटभन्दा कम सुन्तला छैन ।

खाडी मुलुकमा ७ बर्ष बसेका उनी यतिबेला सुन्तला खेतीबाट निकै खुसी देखिन्थे । घरआगन मुनि रहेको उनको बगैचामा पहेँलपुर सुन्तलाले उनको बगैचा सुनजस्तै पहेलपुरमय बनाएको थियो । गत बर्ष २ लाख ७५ हजार पारेका उनले यस बर्ष त्यहि बगानबाट ६ लाख पार्ने सोचमा छन् । सुन्तलाको लागि राम्रो हावापानी र घरमानै बसीबसी गत बर्ष पौने तीन करोड पारेका उनी अहिल १० रोपनी जमिनमा १५० वटा नयाँ सुन्तलाका विरुवा लगाएर सुन्तला बगानलाई बृद्धि गरेका छन् ।

पहिले पहिले सुन्तला पाके डोकोमा बोकेर बेनी वा कुश्मा पु¥याउनुपर्ने बाध्यता थियो अहिले गाउँमा मोटरबाटो आएपछि व्यापारीहरु घरमानै आउँछन् खनखनी पैसा गनेर दिन्छन् उनले भने । सुन्तला विक्रिको लागि कुनै बजारको अभाव नभएको र यस बर्ष पनि सुन्तला व्यापारीले ठेक्कामा लिइसकेको उनले बगैंचा देखाउदै भने ।

त्यस्तै ६४ बर्षीया प्रेम खत्री पनि यस बर्ष सुन्तलाको उत्पादन बृद्धि भएपछि उनी निकै हौसिएका छन् । ३६ सालबाट सुन्तला खेती गदै आएका खत्रीले ४ रोपनीमा ६५ वटा बोट लगाएका छन् । गत बर्ष ९० हजार मात्रै पारेका उनले यसबर्ष २ लाख भन्दा बढी आम्दानी हुने बताए । आफ्नो सुन्तला खेती बाहेक धान, कोदो खेती हुने जग्गा नभएको बताउने खत्रीले सुन्तलाखेतीबाट आफु निकै नै खुसि भएको बताए ।

बगैचामा ४० वटा फल दिने बोट छन् गत बर्ष ९० हजार पारे यो बर्ष २ लाख भन्दा बढी आम्दानी पक्कै हुन्छ खत्रीले भने । कृषिबाट विउविजन तथा औषधी र आवश्यक औजारहरु पाएको बताउने माझफाँटका कृषकहरु आफ्नै लगानीमा सिचाई समेत गरेर सुन्तला खेती गरिरहेका छन् । खत्रीले सिचाइको लागि व्यक्तिगत लगानी गरेर भएपनि सुन्तलालाई सिचाइ गरेको बताउछन् ।
बजारको कुनै अभाव छैन राम्रो र स्वादिलो सुन्तला उत्पादन गर्ने हो भने व्यापारी घरमानै आउँछन् खनखनी पैसा गनेर दिन्छन् र लैजान्छन् खत्रीले भने ।

सुवेदार सेर बहादुर खत्रीले माझफाँटमा सुन्तलाको पकेट क्षेत्र तथा उत्पादनमुखी क्षेत्रका रुपमा विकशित र परिचित गराउनको लागि आफूहरु सहकारी संस्था खोलेर गोलबद्ध भएको बताए । उनले माझफाँटलाई सुन्तलाको पकेट क्षेत्रका रुपमा मात्रै नभइै ब्लक र सो भन्दा माथिको क्षेत्रमा लैजानको लागि छिमेकी गाविससँग सहकार्य गरी अगाडि बढ्ने बताए । केहि क्षेत्रमा सिचाईको अभाव भएकाले सुन्तला खेती तर्फ आकर्षित हुन कठिन भएको बताए ।

प्रतिक्रिया दिनुहोस्