आइतबार तोलामा सुनको भाउ ३ सयले घट्यो



Falling price for gold concept isolated on white background

काठमाडौं,  १७ पुस ।
आज आइतबार हप्ताको पहिलो दिन सुनचाँदीको भाउ घटेको छ । सुन आइतबार तोलामा ३ सय रुपैयाँले घटेर ५२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको हप्ता समग्रमा एक हजार रुपैयाँले बढेको सुनको भाउ आइतबार भने घटेको हो । अन्तर्राष्ट्रिय बजारमा डलर मजबुत भएपछि सुनको भाउ घटेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नयाँ वर्षको अवसरमा आइतबार र सोमबार बन्द हुने भएकाले सोमबार पनि यही भाउमा कारोबार हुने महासंघको दाबी छ ।

आइतबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्