राजनीतिको अर्थ



कहिलेकाही भनिन्छ– नेपाल सतीले सरापेको देश हो । त्यही भएर नेपालमा राम्रो काम गर्नेहरूलाई कहिले प्रोत्साहन हुदैंन र जो पनि खुट्टा तान्न खोज्छन् । हाम्रा उर्जा मन्त्री जर्नादन शर्मा पनि यस्तै किसिमका व्यक्तिहरूको आँखाको कसिंङ्गर बन्न पुगेका छन्, कारण हो लोडसेडिङ्ग हटाएको निहुँ ।

मन्त्री शर्मा अहिले लोडसेडिङ्गलाई हटाएर उज्यालो नेपाल बनाउने अभियानमा छन् । वाक्कदिक्क लाग्दो लोडसेडिङ्ग हटाएर आम जनताकोसमेत मन जितेका मन्त्री शर्माको कामको प्रशंसा न पार्टीले गर्यो न त पार्टीका कमरेडहरूले नै । बरू उनको यो कार्यबाट केही कमरेडले आलोचना गरेको पनि धराहराले सुनेको छ ।

अचेल आफूले गरेको जनमुखी कामलाई पार्टीले स्वामित्व लिन नसकेको भन्दै हिड्दै छन् मन्त्री शर्मा । ईन्भर्टर व्यापारीहरूसँग साँठगाठ रहेका केही कमरेडको बैचेनी देखेर धरहरा चकित खाएको छ । धरहराले नबुझेको पनि हुन सक्छ –‘सायद राजनीति भनेको यही हो ।’

प्रतिक्रिया दिनुहोस्