जसरी पनि ?



संबिधान संसोधन बिधेयकका बिषयमा अहिले गर्मागर्मी बहस भइरहेको छ । सत्ता पक्षले संबिधान संसोधन जसरीपनि पास हुने बताउनुले शंका उत्पन्न गरेको छ धरहराले देखेको छ । हैन जसरीपनि पास हुन्छ भन्ने सत्तापक्षका नेताको कुराचाही धरहराले बुझेन । जसरीपनि पास गराउने भनेको के हो लाठी मुङ्री गरेर पास गराउने हो की के हो धरहराले बुझेको छैन । माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापा बादलले जसरीपनि पास हुने भन्दै सुदुर पूर्व गएर उद्घोष गर्नुभएको रहेछ । लौन नेता जी यो जसरीपनि पास हुन्छ भन्ने यहांको महानबाणीको अर्थ धरहरालाई लगाइदिनुपर्यो ।

प्रतिपक्ष चाही जसरीपनि पास हुन दिन्न भन्ने सत्ता पक्षचाही जसरीपनि पास गराउने भन्ने यो भाषा धरहराले बुझेन भाषाबिज्ञले भनिदिनुपर्यो । यो जसरीपनिको अर्थ के हो । संसोधन पास हुने नहुने भनेको संसदमा रहेका सांसदले भोट हालेर पास र फेल गराउने होईन र भन्या ।

प्रतिक्रिया दिनुहोस्