सार्वजनिक विदा माग्ने होड



राजतन्त्रको औपचारिक समाप्तिपछि जारी भएको तत्कालीन अन्तरिम संविधान २०६३ ले नेपाललाई धर्मनरपेक्ष राष्ट्र घोषणा गर्यो। त्यो घोषणासँगै नेपालका विभिन्न जातजाति र धर्मसम्प्रदायले मनाउने चाडपर्वहरूमा सार्वजनिक विदा दिने चलनको शुरुआत भयो। तर सरकारले इसाई धर्मवालम्बीहरूको पवित्र चाड क्रिसमसको विदा काट्ने निर्णय गर्यो। यो निर्णयसँगै विरोधका स्वरहरू गुञ्जिन थाले। क्रिसमस आउनु दुई दिन अगाडी सरकारले आफनो पूर्व घोषित निर्णयलाई उल्टाएर हतारमा क्रिसमसको विदा दियो।

हरेक चाडपर्वमा विदा दिने गरेकोले अहिले केही राजतन्त्रका भक्तहरूले पृथ्वी जयन्तीको अवसरमा पौष २७ गते सार्वजनिक विदाको माग गरेका छन्। धराहरालाई के लागेको छ भने चाडपर्वमा विदा दिनु ठीक किनकी नेपाल धर्मनिरपेक्ष राष्ट्रको तर हरेक उत्सवको अवसरमा सार्वजनिक विदा माग्ने बानी चाही ठिक लागेन। यदी हरेक उत्सवको अवसरमा विदा दिने हो भने नेपालले केहीमा प्रगती नगरे पनि धेरै सार्वजनिक विदा दिने देशको सूचीमा आफूलाई उभ्याउन सफल हुनेछ भन्ने धराहरालाई लागेको छ है पाठकवृन्द ?

प्रतिक्रिया दिनुहोस्