के यात्रीहरू ठगिइरहने ?



केही दिनअगाडिको कुरा हो । राजधानीको पुरानो बसपार्कबाट ठिमी चल्ने एउटा माइक्रो बसको कन्डक्टरलाई कौशलटारबाट आरएनएसी आएबापतको भाडा रु. १६ दिएँ । जुन तोकिएकै भाडा थियो । तर मलाई उसले अझ २ रुपियाँ थप्नुस् भनेर उल्टै गाली गर्यो । मेरो छेउमा बस्ने एक महानुभाव पनि कौशलटारबाट चढेका थिए । उनले २० रुपियाँको नोट दिए । तर कन्डक्टरले उनलाई बाँकी पैसा फिर्ता दिने सुर नै गरेन । म चुपचाप बसे पनि २० रुपियाँको नोट दिनेले फिर्ता आउँदैन ? भनेर सोधे । उसको जवाफ थियो– खुद्रा छैन ।

त्यहाँ प्रसंग चल्दा एक जनाले भने– लाचारी सरकार भएको यस देशमा सधैँ यस्तै हो । के अब यात्रीहरू ठगिइरहने ? फेरि यहाँ यात्रा गर्दा सम्बन्धित निकायबाट सुधार गरिएको महसुस गर्न पाऊँ ।
–जीवन कार्की
त्रिपुरेश्वर, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्