एपीएफको खेलकुद समाप्त



काठमाडौं, (नेस) नेपाल एपीएफ उच्च माध्यमिक विद्यालय कीर्तिपुरको ‘वार्षिक खेलकुद सप्ताह–२०७३’ बुधबार समापन भएको छ । फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन, तेक्वान्दो, कराँते, एथलेटिक्स, टेवल टेनिस, दौड लगायतका विविध खेलकुद गतिविधिहरु समेटेर आयोजना गरिएको उक्त खेलकुद सप्ताहको समापनको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईलगायतले विजयी छात्रछात्राहरुलाई पुरस्कार प्रदान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्