मध्यमाञ्चलका कविरस फाइनलमा



मध्यामञ्चलका कबिरस शर्मा निलो पेशाकमा पूर्वाञ्चलका इसाक साहीलाई पन्च प्रहार गदै।

नेपाल समाचारपत्र
चन्द्रगढि
मध्यमाञ्चलका कविरस शर्मा पुरुष ९१ केजी तौलसमुहमा झापाको मेचि रंगशालामा जारी सातौँ राष्ट्रिय खेलकुद अन्तर्गतको बक्सिङमा फाइनलमा प्रवेश गरेका छन्।

कविरसले सेमिफाइनलमा पुर्वाञ्चलका इसाक जनक शाहीलाई हराउदै स्वर्णको यात्रा तय गरे। निर्धारित तीन राउन्डको खेलमा बराबरी भएपछि कविरसले फाइटिङ स्पीरिटको आधारमा जित दर्ता गरे। उनले फाइनलमा आर्मीका श्याम खड्कासँग खेल्ने पक्का गरे। खड्काले सुदुरपश्चिमाञ्चलका दिपेन्द्र भण्डारीलाई टेक्निकल नकआउटको आधारमा हराउद फाइनल पुगेका थिए।

पुरुषको ८४ केजीतौल समुहमा आर्मीका दिपक श्रेष्ठले मध्यमाञ्चलका अनुज भण्डारीलाई र पुलिसका भुपेन्द्र थापाले पुर्वाञ्चलका प्रकास लिम्बुलाई स्कोरको आधारमा हराउदै फाइनलमा प्रवेश गरेका छन्। ६९केजी तौलसमुहमा आर्मीका विष्णु प्रसाद घलले सुदुरपश्चिमाञ्चलका लक्ष्मण थापा मगरलाई नेक्निकल नकआउटका आधारमा र एपीएफका विकेस लामाले पश्चिमाञ्चलका यादव थापालाई स्कोरको आधारमा हराउदै फाइनलमा प्रवेश गरेका छन्। पुरुषको ७५केजीतौल समुहमा आर्मीका दिपेस लामाले सुदुरपश्चिमका कमल थापालाई तथा मध्यमाञ्चलका दिवस भुमिले पश्चिमाञ्चलका नरेश थापालाई स्कोरका आधारमा पराजित गर्दै स्वर्णका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

पुरुषकै ८१ केजी तौलसमुहमा मध्यमाञ्चलका मनोहर बस्नेतले एपीएफका कुसल जंग थापालाई स्कोर र आर्मीका महेन्द्र केसीले पुर्वाञ्चलका प्रेम गुरुङलाई नेक्निकल नकआउटका आधारमा हराउदै फाइनलमा पुगेका छन्। ९१ केजीमाथी तौलमा आर्मीका आषिस दुवाडीले पश्चिमाञ्चलका ओम गुरुङलाई र मध्यमाञ्चलका मेघ ड्यानिएल लामाले पुर्वाञ्चलका दिनेश अधिकारीलाई हराउदै फाइनलमा स्थान बनाएका छन्।

चन्द्रगढिस्थीत मेचि रंगशालामा भएको महिलातर्फको ५४–५७ केजी तौलसमुहमा आर्मीकी निरु गुरुङले पुर्वाञ्चलकी दिया लिम्बुलाई र एपीएफकी माया चौधरीले पश्चिमाञ्चलकी सिसम थापा मगरलाई स्कोरको आधारमा तथा ५७–६०केजीतौलमा एपीएफकी सरस्वती राना मगरले पुर्वाञ्चलकी विमला कुमारी दनुवारलाई र आर्मीकी सोनम रोक्काले एपीएफकी सृजना थोकरलाई स्कोरको आधारमा पराजित गर्दै स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

त्यस्तै ६०–६४ केजी तौलमा एपीएफकी विनीता थापा मगरले मध्यपश्चिमकी अस्मीता चन्दलाई र आर्मीकी पुनम रावलले पुर्वाञ्चलकी पिन्कु दासलाई हराउदै फाइनलमा स्थान बनाइन्। ६४–६९ केजी तौलसमुहमा एपीएफकी सगिंता सुनुवारले आर्मीकी चन्द्रकला थापालाई तथा ६९–७५ केजी तौलसमुहमा आर्मीकी सिलु डंगोलले एपीएफकी मनिता राईलाई स्कोरको आधारमा हराउदै स्वर्णका लागि प्रतिस्पर्धा गर्ने भएकी छिन्।

प्रतिक्रिया दिनुहोस्