काठमाडौंको मखन टोलको एक पसलमा आगलागी



काठमाडौं ।

काठमाडौंको मखन टोलमा रहेको एक पसलमा आगलागी भएको छ । टोलमा रहेको सुरज आर्केडमा आगलागी भएको हो ।

आगो कस्मेटिक पसलबाट सुरु भएको  बताईएको छ । क्षतिबारे विवरण आइनसकेको प्रहरीले जनाएको छ। आगलागीको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ । अहिले दकमल, प्रहरी, सेना र स्थानीय बासिन्दाले आगो निभाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्