तेक्वान्दोमा आर्मीलाई १४ स्वर्ण



६१–६५ केजी तौलसमुहमा स्वर्ण विजेता आर्मीकी सिर्जना राई (रातो ) पश्चिमाञ्चलकी उमिसा घर्तिसँग लड्दै ।

नेपाल समाचारपत्र
काठमाडौं
सातौँ राष्ट्रिय खेलकुदअन्र्तगत झापाको दमकमा भएको आइटिएफ तेक्वान्दोमा नेपाल आर्मीले कुल १४ स्वर्णसहित आफ्नो वर्चस्व कायमै राखेको छ ।

सोमबार सम्पन्न खेलमा आर्मीले थप ६ स्वर्ण जितेपछि स्वर्ण पदकमा आफ्नो अग्रता कायम राखेको हो । पुर्वाञ्चलले तीन र एपीएफले दुई स्वर्ण जितेको छ । मध्यमाञ्चल र पश्चिमाञ्चलले एक–एक स्वर्ण पदक हात पारे । दमकस्थित रेडक्रम भवनमा भएको स्पाइरिङतर्फ महिलाको ४५–५० केजी तौलसमुहमा आर्मीकी रुविका खड्काले मध्यमाञ्चलकी पुजा खुलालमगरलाई हराएर स्वर्ण जितिन् । मध्यपश्चिमकी सुसिला गुरुङ र सुपकी शाहीले कास्य जिते ।

५१–५५ केजी तौलमा आर्मीकी रिना धिमालले पश्चिमाञ्चलकी शर्मिला महतलाई हराएर स्वर्ण हात पारिन् । एपीएफकी सञ्चिता लामा र मध्यमाञ्चलकी स्वेता राईले कास्य जिते । ५६–६०केजी तौलमा आर्मीकी तुलसा राजथलाले मध्यपश्चिमाञ्चलकी मेनुका बुढामगरलाई, ६१–६५ केजी तौलमा आर्मीकी सिर्जना राईले पश्चिमाञ्चलकी उमिसा घर्तिलाई, तथा ६५ केजीमाथीको तौलसमुहमा आर्मीकी वसन्ति बुढामगरले पुर्वाञ्चलकी अनामिका राईलाई हराएर स्वर्ण जित्न सफल भए ।

स्पाइरिङतर्फ पुरुषको ४५–५० केजी तौलमा आर्मीका पुर्णबहादुर मगरले पश्चिमाञ्चलका दिपक गौतमलाई, ५१–५५ केजी तौलमा एपीएफका योगेन्द्र धिमालले पश्चिमाञ्चलका विकल पौडेललाई, ५५–६० केजी तौलमा पश्चिमाञ्चलका दिनेश बुढामगरले मध्यपश्चिमाञ्चलका शंकर यादवलाई तथा ६१–६५ केजी तौलमा पुर्वाञ्चलका दिलन राईले आर्मीका गेदबहादुर बस्नेतलाई पराजित गरेर स्वर्ण जितेका थिए ।

बक्सिङ
सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष बक्सिङतर्फ मध्यमाञ्चलका सुसिल थापा र आर्मीका सुभास विक पुरुष ४९ केजी तौलसमुहमा फाइनलमा प्रवेश गरेका छन् । त्यसैगरी ५२ केजी तौलसमुहमा आर्मीका प्रेम चौधरी र एपीएफका विक्रम परियार , ५६ केजी तौलसमुहमा आर्मीका विमल रोका र एपीएफका पुरन राई, ६० केजीमा प्रहरीका दिनेश श्रेष्ठ र एपीएफका दिनेश चन्दले स्वर्णका लागि भिड्दैछन् । महिलातर्फ ४८केजी तौलसमुहमा आर्मीकी ललिता महर्जन र प्रहरीकी दिवाना शेर्मा, ५१ केजी तौलसमुहमा एपीएफकी माला राई र आर्मीकी गीता थापा मगर तथा ५४ केजीमा आर्मीकी विमला श्रेष्ठ र एपीएफकी प्रमिला पाण्डे फाइनलमा पुगे ।

जुडो
सातौं राष्ट्रिय खेलकुदअन्तर्गत जुडोमा नेपाल आर्मी ८ स्वर्ण, ५ रजत र ८ कास्यसहित टिम च्याम्पियन बनेको छ । मध्यमाञ्चलले ६ स्वर्ण, ६ रजत र ४ कास्यका साथ दोस्रो स्थान हात पारेको छ । नेपाल पुलिसले ५ स्वर्ण,५रजत र ५ कास्य,पुर्वाञ्चलले १ स्वर्ण,२ रजत र ६ कास्य, मध्यपश्चिमाञ्चलले १ स्वर्ण,२ रजत र ४ कास्य जित्न सफल भएका छन् । त्यसैगरी सुदुरपश्चिमाञ्चलले १ स्वर्ण र ४ कास्य,पश्चिमाञ्चलले १ रजत र १ कास्य तथा एपीएफले ५ कास्य हात पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्