
नेपाल समाचारपत्र
काठमाडौं
एनएमबि बैंकले ईएमभी चिपयुक्त डेबिट कार्ड, क्रेडिट कार्ड तथा डलर कार्डको बितरण शुरु गरेको छ।
माइक्रोप्रोसेसर चिप जडित यो कार्डबाट हरेक पटकको कारोबार कम्प्लेक्स अलगोरिटीथमबाट इन्क्रप्ट गरिने हुँदा कार्डको डाटा चोरी तथा जालसाजीको सम्भावना अत्यन्त न्यून हुने बैंकको दाबी छ। यस ईएमबी चिपयुक्त कार्डबाट एनएमबि बैंकका ग्राहकले देश तथा विदेशमा समेत सुरक्षित तथा सरल तरिकाले कार्ड प्रयोग गर्न पाउने बैंकले जनाएको छ।