मुक्त चिबाक महिलाहरु क्रिसमसमा घर पुगे



अबुजा, (एजेन्सी) कट्टरपन्थी इस्लामिक लडाकूहरुले अक्टोबरमा मुक्त गरिएका नाइजेरियाली चिबाक युवतीहरु क्रिसमस मनाउन आफ्ना परिवारकहाँ पुगेका छन्।

बोको हरामले सन् २०१४ अप्रिलमा तीन युवतीहरुलाई चिबाक शहरस्थित उनीहरुको स्कुलबाट अपहरण गरेको थियो। स्विजरल्यान्ड र अन्तर्राष्ट्रिय समितिबीच यसै वर्षको अक्टोबरमा भएको एउटा सम्झौतापछि ती युवतीहरुलाई मुक्त गरिएको थियो।

नाइजेरियाली सरकारले ती मुक्त युवतीहरुलाई सोधपुछका लागि एउटा गोप्य स्थानमा राखिएको थियो। ती युवतीमध्ये एक जना २२ वर्षीया असाबे गोनीले उनले घर फर्कन पाउनु कुनै ‘चमत्कार’ भन्दा कम नभएको समाचार एजेन्सी रोयटर्सलाई बताइन्।

क्रिसमको तयारीमा आफ्नी आमालाई मद्दत गर्दै उनले भनिन्– ‘म क्रिसमस डेमा चर्चमा जाने विषयलाई लिएर अत्यन्त उत्साहित थिएँ। मैले फेरि घर जान पाउँछु भन्ने कहिल्यै सोचेको थिइनँ। मैले घर जान पाउने आशा छोडिसकेकी थिएँ।’

स्कुलबाट २ सय ७६ छात्रालाई अपहरण गरिएको थियो र तीमध्ये अहिले पनि १ सय ९७ जना बेपत्ता छन्।

बाँकी केटीहरुको रिहाका लागि पनि वार्ता भइरहेको छ। अपहरण परेका धेरैजसो चिबाक युवतीहरु इसाई हुन् तर उनीहरुलाई इस्लाम स्विकार्न र अपहरणकर्ताहरुसँग विवाह गर्न प्रोत्साहित गरिएको थियो।

धेरैजसो महिलाले विवाह गर्न अस्वीकार गर्दा कोर्रा खानुपरेको गोनीले बताइन्। यद्यपि अन्य मामिलामा भने उनीहरुसँग नराम्रो व्यवहार नगरेको पनि उनले बताए। खाद्य सामग्री पर्याप्त हुँदासम्म उनीहरुलाई खानाका लागि पनि समस्या नभएको उनले थपिन्।

प्रतिक्रिया दिनुहोस्