जसले झापामा पहिलो दिन नै स्वर्ण जिते



सातौं राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत पहिलो दिनमा धुलबारीस्थित पासांग ल्हामु जेसीज स्मृति भवनको कभर्ड हलमा सुरु भएको जुडो प्रतियोगितामा ४ महिला सहित ९ जना खेलाडीले स्वर्ण पदक प्राप्त गरे । मध्यमाञ्चल विकास क्षेत्रका ५ जनाले पहिलो दिन नै स्वर्ण जित्न सफल भए । प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीहरु यसप्रकार रहेका छन् ।

रविन श्रेष्ठ (मध्यमाञ्चल)
१ सय केजी तौल समूहबाट यस प्रतियोगितामा सहभागी भएका मध्यमाञ्चलका रविन श्रेष्ठ प्रतियोगिताको पहिलो स्वर्ण पदक विजेता खेलाडी हुन् । उनले नेपाल आर्मीका शिव बहादुर बरामलाई हराएका थिए । पहिलो पटक राष्र्टिय प्रतियोगितामा डेब्यू गरेका उनको यो नै पहिलो पदक समेत हो ।

इन्द्र बहादुर श्रेष्ठ (मध्यमाञ्चल)
६६ केजी तौल समूहबाट सातौं राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागी बनेका मध्यमाञ्चल विकास क्षेत्रका इन्द्र बहादुर श्रेष्ठले जुडो खेलमा स्वर्ण पदक जितेका छन् । उनले नेपाल प्रहरीका टीकाराम चौधरीलाई हराउँदै स्वर्ण जितेका हुन् । जूनियर साउथ एसियन गेम्स र १२औं साफ गेम्स प्रतियोगितामा सहभागी भईसकेका श्रेष्ठको यो सँगै १३ वटा ब्यक्तिगत पदक भएको छ ।

किरण गडेल (मध्यमाञ्चल)
पहिलो पटक राष्ट्रीय स्तरको प्रतियोगितामा सहभागी भएका किरण गडेल शनिबार निक्कै हर्षित देखिन्थे । उनको अनुहारमा बेग्लै चमक देखिन्थ्यो । उनी खुसी हुनुको कारण उनले जुडो खेलमा प्राप्त गरेको सफलता नै हो । यसै खेलमार्फत राष्ट्रिय प्रतियोगितामा डेब्यू गरेका गडेलले पहिलो खेलमै स्वर्ण पदक प्राप्त गर्न सफल भए । उनले प्राप्त गरेको स्वर्ण पदकको खुसी आफ्नी आमालाई समप्रित गरे । “म यो पदक आमालाइ समर्पण गर्छु ।“ १७ वर्षीय गदेलले भने (“ मेरी आमा जसले मलाई जन्म दिएर आज खेल जगतमा यो स्थान सम्म ल्याउन अहोरात्र लाग्नु भयो । जसले सधै मलाई हौसला प्रदान गर्नु भयो । मैले पहिलो पटकमा नै पाएको पदक उनै आमा लाई समर्प्िरत गर्छु ।“ परिवारको प्रेरणाले खेल जगतमा लागेको बताउने नुवाकोटका गडेलले अब नेपाल आमाका लागि पनि खेल खेल्ने बताए । ५५ केजी तौल समूहबाट सहभागी गडेलले नेपाल आर्मीका कर्म तामांगलाई पराजित गरेका थिए ।
मनिता श्रेष्ठ (नेपाल आर्मी )
नेपाल आर्मीबाट सातौं राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागी मनिता श्रेष्ठले स्वर्ण पदक जित्न सफल भएकी हुन् । उनले मध्यमाञ्चलकी शर्मिला तामागंलाई हराउदै ५७ केजी समूहको स्वर्ण पदक आफ्नो नाममा लेखाएकी हुन् । यो संगै उनको १४ वटा पदक भएको छ । भूटानमा भएको अन्तराष्र्टिय जूडो प्रतियोगितामा स्वर्ण, बंगलादेशमा सम्पन्न प्रतियोगितामा रजत, एसियन जूडो प्रतियोगितामा कास्य र गत वर्ष भारतमा भएको साफ गेम्समा रजत जित्न सफल श्रेष्ठ राष्र्टिय गोल्ड जितेको यो नै पहिलो पटक समेत हो । उनले पदक प्राप्त गरेपछि आफ्नो खेल कौशललाई अझ हौसाएको बताईन् ।

सरिता चौधरी (नेपाल प्रहरी)
विभागीय टोली नेपाल प्रहरीबाट सातौ राष्र्टिय प्रतियोगितामा सहभागी बनेकी सरिता चौधरीले पनि जूडो खेलमा स्वर्ण पदक प्राप्त गरेक िछिन् । ४८ केजी भन्दा मुनिको तौल समूहमा सहभागी भएकी सरिताले मध्यपश्चिमकी शारदा खत्रीलाई हराउदै स्वर्ण पदक जित्न सफल भएकी हुन् । जूडो विश्व च्याम्पियनसिपमा समेत खेलिसकेकी चौधरीले गत वर्ष भारतमा भएको साफ च्याम्पियनसिपमा कास्य पदक जितेकी थिईन् । दांग जिल्लाकी २५ वर्षीय चौधरीले यो संगै ९ वटा ब्यक्तिगत स्वर्ण जितिसकेकी छिन् ।

सुबोध मण्डल (नेपाल आर्मी)
४५ केजी तौल समूहबाट राष्र्टिय खेलकूद प्रतियोगितामा नेपाल आर्मीबाट सहभागी भएका सुबोध मण्डलले स्वर्ण पदक जित्न सफल भएका छन् । शनिबार सम्पन्न प्रतियोगितामा स्वर्ण जितेका मण्डलले गुरु सूर्यनारायण श्रेष्ठको प्रेरणाकै कारण स्वर्ण जित्न सफल भएको बताए ।

मोहन सुनुवार (मध्यमाञ्चल )
८१ केजी तौल समूहमा यस प्रतियोगितामा सहभागी भएका मोहन सुनुवारले पनि स्वर्ण पदक जित्न सफल भएका छन् । मध्यमाञ्चल विकास क्षेत्रबाट प्रतिनिधित्व गर्दै खेल खेल्न झापा आईपुगेका सुनुवारले अहिलेसम्म १८ वटा स्वर्ण पदक प्राप्त गरिसकेका छन् । उनले नेपाल प्रहरीका सन्तोष सुनुवारलाई हराउदै स्वर्ण जितेका हुन् । वि सं २०५३ सालदेखि जूडो खेलमा निरन्तर लागेका रामेछाप जिल्लाका ४० वर्षीय सुनुवार साउथ एसियन च्याम्पियनसिप प्रतियोगितामा समेत सहभागी भईसकेका छन् । जूडो खेलमा लामो समय अनुभव संगालेका सुनुवारले निरन्तर खेलमा लाग्ने हो भने मेडल प्राप्त गर्न गार्हो नहुने बताए ।

सुनिता बोहरा (सुदुरपश्चिम)
सातौ राष्र्टिय खेलकूद प्रतियोगितामा सुदुरपश्चिमाञ्चल विकास क्षेत्रबाट सहभागी सुनिता बोहरा जूडो खेलको महिलातर्पm पहिलो स्वर्ण विजेता खेलाडी हुन् । ६७ केजीभन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा गरेकी २२ वर्षीय बोहराले नेपाल आर्मीकी आकृति जाशीलाई हराउदै स्वर्ण जितेकी हुन् । यो पदकसंगै उनको ब्यक्तिगत नाममा ७ वटा पदक भएका छन् ।

प्रतिक्रिया दिनुहोस्