नेपाल पहिलो हाफमा ५–० ले अगाडि



नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाली राष्टिय महिला फुटबल टोलीले सिलगुढीमा आयोजना भइरहेको चौथो साफ महिला च्याम्पियनसिपमा सानदार शुरुआत गरेको छ । नेपालले सोमबार कन्चनजंगा रंगशालामा भएको आफनो पहिलो खेलमा भुटानी महिला टोलीमाथि पहिलो हाफसम्ममा नै ५–० गोल अन्तरले अग्रता लिएको छ ।

नेपालको लागि सावित्रा भण्डारी एक्लैले चार गोल गरिन् । उनले पाँचौं, नवौं, २३औं र ३५औं मिनेटमा गोल गरेर नेपालको जित पक्का गरिसकेकी छिन् । एक गोल शर्मिला थापाले २६औं मिनेटमा गरेकी हुन् । सँधै दोस्रो भइरहने नेपाल यसपटक च्याम्पियन बन्ने लक्ष्यका साथ प्रतियोगितामा सहभागिता भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्