दुई गाविसमा सचेतना कार्यक्रम



लमजुङ, (नेस)
लमजुङका दुई गाविसमा नागरिक निगरानी बढाउन सचेतना कार्यक्रम गरिएको छ। जनस्तरमा स्थानीय निकायले सम्पादन गर्ने तथा सेवाग्राहीका लागि उपलब्ध गराउने सेवाका कार्यहरूमा नागरिक निगरानी वृद्धिका लागि सो कार्यक्रम गरिएको हो।

जनजागरण तथा सामाजिक सेवा केन्द्र नेपाल (पास नेपाल) लमजुङले भारते र भुलभुले गाविसमा क्षमता अभिवृद्धि सचेतना कार्यक्रम गरिएको पास नेपालका अध्यक्ष प्रेमप्रसाद पोखरेलले बताउनुभयो। उहाँका अनुसार सेवा प्रदायक तथा सार्वजनिक पदमा रहेकाहरूलाई नागरिकप्रति थप जवाफदेही भएर सुशासन र पारदर्शिता कायम गर्दै सेवा प्रवाहलाई छिटो छरितो, सरल र प्रभावकारी रूपमा नागरिकसमक्ष पुर्याउने वातावरणको सिर्जना गर्न कार्यक्रम सञ्चालन गरिएको हो।

सो अवसरमा स्थानीय शासन तथा उत्तरदायी संयत्र (एलजीएएफ) अन्तर्गत स्थानीय निकायको कानुनी तथा नीतिगत व्यवस्था पालना अनुगमनका लागि सो सचेतना कार्यक्रम गरिएको भारते गाविसका सचिव अनन्त खनालले बताउनुभयो। सो कार्यक्रममा ५० जना नागरिकलाई भाग लिएको पास नेपालका उत्तरदायी अधिकृत नीलकण्ठ पाण्डेले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्