राजधानीको भृकुटीमण्डपमा जारी १३औं जुत्ता प्रदर्शनी



राजधानीको भृकुटीमण्डपमा जारी १३औं जुत्ता प्रदर्शनीको अवसरमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मेला अवकोलन गर्दै कुल १२५ स्टल रहेको मेलामा कपडा तथा सिलाई व्यवसायीको १५ वटा स्टल रहेका छन् भने छालाजन्य वस्तुका दुई र अन्य जुत्ता तथा चप्पलका स्टल रहेका छन्। यस प्रदर्शनीलाई व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हस्तकला महासंघको सहयोग रहेको छ। आत्मनिर्भरताको आधार स्वदेशी उत्पादनको प्रयोग भन्ने नाराका साथ शुरु प्रदर्शनीलाई करिब एक लाख जनाले अवलोकन गर्ने तथा दुई करोड रुपियाँ बराबरको कारोबार हुने आयोजकको अपेक्षा रहेको छ। मेला पुस ११ गतेसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस्