दोहोरो गोली हानाहानका सीमा सुरक्षागार्डको मृत्यु



रियाद (साउदी अरेबिया), १० पुस । सिते विद्रोही र साउदी सीमा सुरक्षा बलबीच भएको दोहोरो गोली हानाहानमा एक साउदी गार्डको मृत्यु भएको छ ।

उक्त दोहोरो गोली हानाहान शनिबार भएको गृह मन्त्रालयका प्रवक्ता मेजर मुन्सोउर अल टुर्कीद्वारा आइतबार जारी एक विज्ञप्तिमा जनाइएको छ ।

टुर्कीका अनुसार यमनका सिते समूह जसलाई हुथीको नामबाट चिनिन्छ उनीहरुले नै आक्रमण गरेका थिए । आक्रमणबाट घाइते भएका साउदी सीमा सुरक्षा गार्डलाई उपचारार्थ अस्पतालमा लगिएको त्यही नै उनको मृत्यु भएको थियो ।

साउदी अरेबियाआवद्ध संयुक्त सेनाले यमनका विद्रोही विरुद्ध सन् २०१५ को मार्चबाट सुरु गरेको कारबाहीपछि सीमा क्षेत्रमा बारम्बार साउदी सीमा सुरक्षाबल लक्षित आक्रमण भइरहेको पाइन्छ ।

यमनमा सन् २०१४ बाट हुथी विद्रोही समूहले जारी राखेको द्वन्द्वमा परी मारिएका र घाइतेगरी करिब १० हजार व्यक्ति रहेका बताइएको छ । रासस/एपी

प्रतिक्रिया दिनुहोस्